पोखराको भिन्तुना हक्की क्लवलाई उपाधी

पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न दोश्रो क्लव स्तरिय हक्की प्रतियोगिता २०७८ मा भिन्तुना हक्की क्लवले जितेको छ ।

पोखरा हक्की क्लवको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवलाई २–० ले पराजित गर्दै भिन्तुनाले उपाधी जितेको हो । महिला तर्फ पोखरा हक्की क्लव सेतोलाई पोखरा हक्की क्लव रेडलाई पेनाल्टी स्ट्रोकमा ३–१ गोलले पराजित गर्दै उपाधी जितेको छ ।

प्रतियोगितामा पोखरा हक्की क्लव सेतोकी  लक्ष्मी गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन भने पिताम्वर थापा सर्वाधिक गोलकर्ताको रुपमा घोषित भए ।

प्रतियोगितामा पोखरा हक्की क्लवको तिन टिम सहित घारीपाटन हक्की क्लव, भेटरान्स हक्की क्लव र भिन्तुना हक्की क्लवको सहभागिता रहेको अग्रज खेलाडी तिलक केसीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता बाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिने भएको आयोजकले जनाएको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरामा हक्की खेलको विकासका लागि सहयोग रहने प्रतिवद्धता जनाए । उनले खेलाडीलाई आवश्यक पर्ने खेल सामाग्री सहित मैदानको निर्माणको लागि आफूले सक्दो पहल गर्ने बताए ।

पोखरा हक्की क्लवका कार्यवाहक अध्यक्ष राजन नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल हक्की संघका द्वितिय उपाध्यक्ष मनिष झा, हक्कीका मुख्य प्रशिक्षक विजेन शर्मा ‘पिन्टु’, पूर्व हक्की खेलाडी विमलमान गुभाजु, हक्की संघ कास्कीका अध्यक्ष मिलन केसी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close