
पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) लिग कमिटीका संयोजक विज्ञानराज शर्माले संयोजक पदबाट राजिनामा दिएका छन् ।
एन्फा महासचिवलाई सम्वोधन गर्दै उनले आज राजिनामा दिएका हुन् । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण अन्तर्गत उनी काठमाडौं रेन्जर्समा निर्देशकमा आवद्ध भएकोले पदबाट राजिनामा दिएको आफूले जनाएका छन् ।
