स्पोर्टस फर अल कमिसनले पोखरामा अन्तक्रिया गर्ने

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत गठित स्पोर्टस फर अल कमिसनले पोखरामा अन्तक्रिया कार्यक्रम गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवश जुन २३ लाई राष्ट्रव्यापी बनाउने उद्धेश्यका साथ यहि फागुन २५ गते उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । स्पोर्टस फर अल कमिसन गण्डकी प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा खेल सम्वद्ध संघ संस्था तथा खेलाडीहरुको सहभागिता रहने गण्डकी प्रदेश संयोजक खड्ग बहादुर रानाभाटले जनाएका छन् ।

स्पोर्टस फर अल कमिसनले मुलुकका सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवशलाई भव्य रपमा मनाउने तयारी गरिरहेको जानकारी दिंदै संयोजक रानाभाटले गण्डकी प्रदेशमा समेत कार्यक्रम सफल बनाउन तयारी सुरु गरिएको बताए । मुलुकमा नयाँ खेलकुद ऐन आए पछि ओलम्पिक कमिटीले प्रदेशमा ओलम्पिक कमिटीको विस्तार अभियान संगै कार्यक्रमहरुलाई समेत देशव्यापी बनाउने योजना अनुरुप अघि बढेको संयोजक रानाभाटले बताए ।

उक्त कार्यक्रममा कमिसनका संयोजक विष्णु गोपाल श्रेष्ठ लगायतको विज्ञ टोली पोखरा आउने भएको गण्डकी प्रदेशका संयोजक रानाभाटले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close