शुक्लागण्डकी थमडाँडा भलिबलमा भिमाद हैदगा टिम विजयी

पोखरा स्पोर्टस । तनहुँ शुक्लागण्डकी नगर पालिका वडा नं ११ स्थित थमडाँडा युवा क्लवले आयोजना गरेको भलिबल प्रतियोगितामा पुरुष तर्फ भिमादको हैदगा टिम र महिलातर्फ पनि सोही टिम विजयी भएको छ ।

महाशिवरात्रीको अवसरमा आयोजित पुरुषतर्फको प्रतियोगितामा भिमाद हैदगाले स्याङजाको मोहरियालाई पराजित गर्दै उपाधि जितेको हो । भिमादले फाइनलमा २५–२३ र २५–२० को सोझो सेटमा पराजित गर्दै उपाधि संगै नगद ४५ हजार हात पार्न सफल भयो भने उपविजेता मोहरियाले नगद ३० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै महिलातर्फ भिमादको हैदगाले पश्चिमाञ्चल भलिवल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ । हैदगाले २५–२३ र २५–१० को सोझो सेटमा पराजित गर्दै नगद १५ हजार र उपविजेता पश्चिमाञ्चल भलिवल ट्रेनिङ सेन्टरले नगद ८ हजार प्राप्त गरेको छ ।

पुरुषतर्फ चण्डिका युवा क्लव नयाँगाउँ तनहुँले तेश्रो स्थान प्राप्त गर्दै १५ हजार प्राप्त गरेको आयोजक क्लवका अध्यक्ष लेख बहादुर रानाले बताए । गत फागनु १० गतेबाट सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ ८ टिमको सहभागिता रहेको थियो भने भेट्रान्सतर्फ ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकष्ण श्रेष्ठ, प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचन, नेपाल एथलेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङ, कास्की जिल्ला एथलेटिक्स संघका सचिव श्याम श्रेष्ठ लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा प्रदेश खेलकुदका सदस्य सचिव गुरुङलाई शुक्ला गण्डकी नगरपालिकाको तर्फबाट विशेष सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close