नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अधिवेशन ५ चैतमा

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको दोस्रो अधिवेशन चैत ५ गते हुने भएको छ ।

मञ्चको सम्पन्न २८ औं कार्यसमिति बैठकले पोखरामा अधिवेशन गर्ने गरी मिति तय गरेको हो । विशेषगरी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था खेलकुद पत्रकार मञ्चले महिला, आदिवासी जनजाति र दलितको सहभागिता सुनिश्चित गरेको छ । मञ्चमा प्रदेशभरका गरी ५६ सदस्य आबद्ध छन् ।

तीन वर्षअघि एकराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति आएको थियो । कोरोना महामारीको विषम परिस्थितिबीच पनि यो कार्यसमितिले सदस्यको हकहित एवं सुखदुःखमा सहभागी बन्दै प्रदेशकै बिग इभेन्ट पोखरा स्पार्टस् अवार्ड, अन्तक्रिया, पत्रकार सम्मेलन, मैत्रीपूर्ण खेलकुद एवं विभिन्न कार्यक्रममा सहभागिता लगायत दर्जन बढी कार्यक्रम गरेको छ ।

यसैबीच, मञ्चको बैठकले अधिवेशनअघि आधारभूत खेलकुद पत्रकारिता तालिम गर्न महासचिव विजय नेपाल र संस्था नवीकरण कार्यका लागि अध्यक्ष एकराज गिरीलाई संयोजक तोक्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close