एभरेष्ट महिला भलिबल लिगको ‘ट्रफी टुर’ पोखरामा सम्पन्न

पोखरा स्पोर्टस । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को ट्रफी टुर कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पोखराको पर्यटकिए केन्द्र फेवातालस्थित बाराही घाटमा एक कार्यक्रमका बिच ट्रफी टुर गराइएको हो ।

टुरका लागि पोखरा ल्याइएको ट्रफीलाई फेवातालको मध्य भागमा रहेको बाराही मन्दिर परिक्रमा गर्दै नेपालमा नै पहिलो पटक सञ्चालन हुन लागेको लिगको सफलताको कामनाका साथै गण्डकीको टिम ‘गण्डकी थण्डर्स’ टिमलाई जितको शुभकामना व्यक्त गरिएको थियो ।

यस अघि बाराही घाटमा राखिएको ट्रफीलाई स्थानिय तथा पर्यटक, खेलप्रेमी तथा भलिबल प्रेमीहरुले स्वागत संगै फोटो समेत लिएका थिए ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङ, गण्डकी थण्डर्सका निर्देशक विकास खेतान, नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, संघका पूर्व सचिब डिवी नेपाली जिल्ला खेलकुदका पदाधिकारीहरु, पत्रकारहरुलगायतको सहभागिता रहेको थियो ।

उक्त ट्रफी कर्णाली, मधेश प्रदेश, चितवन हुँदै पोखरा ल्याइएको हो । उक्त ट्रफी ललितपुर र काठमाडौं टुर गराइने छ । एभरेष्ट भलिबल लिगमा ६ फ्रेन्चाइजी टिमहरुको सहभागिता रहेको छ । लिगमा सहभागी हुने फ्रेन्चाइजहरूमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली छन् । एभरेष्ट महिला भलिबल लिग यहि असौज १४ गते देखि १९ गते सम्म सञ्चालन हुनेछ । 

यस्तो छ ट्रफीको डिजाइन
यो ट्रफी भलिबल खेलको सुरुवातको क्षण, जब सर्भ हुन्छ, त्यसलाई प्रेरित गरेर बनाइएको छ। यसले खेलको सारलाई समेटेको छ। ट्रफीको डिजाइन एउटा हात र हातको मुठीले बललाई प्रहार गर्ने अमूर्त संरचनामा गरिएको छ, जुन सुन्दर ढंगले प्रस्तुत गरिएको छ। दुई हजार चम्किला स्वारोवस्की क्रिस्टलहरूले यसमा गति र चमक थपेको छ । जसमा गुलाबी रङका क्रिस्टलहरूले महिलाहरूको भलिबलको शक्ति र सौन्दर्यलाई झल्काएको छ ।

यो ट्रफी २२ इन्च अग्लो र ७ किलोग्राम तौलको छ । ट्रफीलाई जर्मनीका कुशल हस्तकलाकर्मीहरूले बनाएका हुन्। यसको मध्य भागमा राखिएको भलिबल उच्च गुणस्तरको निकल–प्लेटेड पित्तलबाट बनाइएको छ । जुन रिपुस्से नामक परम्परागत प्रविधि प्रयोग गरेर यसको डिजाइनको सूक्ष्मताहरूलाई हाइलाइट गरिएको छ। स्वारोवस्की क्रिस्टलहरूको समावेशले यसलाई थप माथी उठाएको छ । जसले प्रतियोगिताको महत्त्वलाई अझ जोड दिएको छ।

यस उत्कृष्ट सिर्जनाका डिजाइनर विश्वस्तरीय ट्रफीहरू र पुरस्कारहरू निर्माण गर्नका लागि प्रसिद्ध छन् । जसमा क्ष्ऋऋ पुरस्कारहरू पनि समावेश छन्। स्वारोवस्की र क्रिस्टिजसँगको डिजाइनरको नजिकको सम्बन्धले पनि एक उत्कृष्ट ट्रफीको निर्माण गरेको छ । जसले प्रतियोगिताको भावना र खेलकुदमा महिलाहरूको शक्तिलाई प्रतिनिधित्व गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close