पोखरा भेट्रान्स टेनिस : सिंगल्सतर्फ राजन तथा डवल्सतर्फ गोपी/धरमको जोडी च्याम्पियन

पोखरा स्पोर्टस । राजन पौडेलले रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्तर्गत सिनियर भेट्रान्सको उपाधी जितेका छन् । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गोपीबहादुर भट्टराईलाई ६–७, ६–२ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पौडेलले सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको सिनियर भेट्रान्स डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने प्रथम भए । फाइनल खेलमा गोपी/धरम जोडीले नविन श्रेष्ठ र राजु गुरुङ्गको जोडीमाथि ६–३, ६–२ को नजिता निकाल्दै उपाधी चुम्न सफल भएका हुन् । प्रतियोगिताको नवप्रवेशितर्फको उपाधी भिष्मराज पौडेलले जित्दा राजेश गुरुङ्गले दोश्रो स्थानमा चित्त बुझाएका थिए ।

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे भने नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, पु्रस्कारका प्रायोजक विकास गुरुङ्ग, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले एक समारोहका विच नगद सहित पुरस्कार वितरण गरे ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले कास्कीमा टेनिस खेलले ठूलै सफलता हासिल गरिकोमा खुसि व्यक्त गरे । यहाँ हुने सर्वाधिक प्रतियोगिताहरुमध्ये टेनिस पनि एक भएको जनाउँदै उनले सम्पन्न प्रतियोगितामा पुरस्कार राशि स्वरुप नगद २० हजार तथा बन्न लागेको टेनिस कोर्ट निर्माणार्थ २५ हजार नगद सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा आयोजना हुने टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुले यहाँ खेलपर्यटनको विकासमा ठूलो टेवा पुर्‍याएको औल्याए । रेवानले आगामी वर्षहरुमा टेनिसको राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । आयोजक संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नविन श्रेष्ठले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close