
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुदको गतिविधिलाई चलायमान बनाउने बताएका छन् ।
मन्त्रालयले आफ्ना कार्यक्रमहरु सार्वजनिक तथा हाल भइरहेका गतिविधी बारे जानकारी दिने उद्धेश्यले आइतबार आयोजित पत्रकार सम्मलेनमा मन्त्री गुरुङले कोभिड १९ पछि ठप्प रहेको खेलकुद गतिविधिलाई चलायमान बनाउने बताएका हुन । मन्त्री गुरुङले आफ्ना भनाईहरु अघि सार्दै खेलकुद तथा युवातर्फका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पुर्बाधार निर्माणलाई जोड दिएर काम गरेको बताउँदै मन्त्री गुरुङले पूर्व निर्धारित कार्यक्रम अनुसार खेलाडी र प्रशिक्षकहरुलाई कोभिड विरुद्धको खोप वितरण गरी नवौंको तयारी शुरु गरिने बताउँदै भने–“नवौंको तयारीका लागि विभिन्न जिल्लामा खेलकुदको भौतिक पुर्वाधारको निर्माणका लागि समेत हामीले पहल गर्ने भएका छौं ।” मन्त्री गुरुङले पोखरा रंगशालामा अव चाडैंनै ६ करोडको लागनीमा मार्शल आर्टस प्रशिक्षण केन्द्रको निर्माण शुरु गरिने समेत बताए ।
गण्डकी प्रदेशका युबा तथा खेलाडीहरुलाइ मन्त्रालयले विशेष प्राथमिकतामा राखेर, मन्त्रालयसग उपलब्ध श्रोत र बजेटको आधारमा सम्भब भए सम्म सम्पुर्ण क्षेत्रका युबा तथा खेलाडीलाई प्रोत्साहन गर्ने मुख्य लक्ष्य राखेर सोही अनुसारको काम भै रहेको जानकारी गराउँदै मन्त्री गुरुङले खेलकुद अन्तर्गत सरकारी विद्यालयका खेलकुद मैदानहरु निर्माण गरिने बताए । उनले भने–“सरकारी विद्यालयबाट अध्ययन गरेर अहिले धेरै जना यो देशको शासन सत्ता चलाएका छन तर उनीहरुले आफ्नो विद्यालय विर्से ।” उनले विद्यलायमा खेलकुद मैदान निर्माण गर्दा विद्यार्थीहरुलाई खेलकुद प्रती आक्रशित गर्न सकिने समेत बताए । सम्भव भएसम्म बाक्लो बस्तीका बिचमा भएका विद्यालयमा त्यहाँको भौगोलिक अवस्था अनुसारको खेलमैदान निर्माणका लागि मन्त्रालयले बजेट निकासा गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
मन्त्रालयले युबा स्वरोजगार कार्यक्रम अन्तरगत युवाहरुको शसक्तिकरणका लागि विना व्याजमा ऋण अनुदान करिव २५ लाख सहयोग उपलव्ध गराउने बताउँदै मन्त्री गुरुङले यस कार्यक्रमका लागि सात जनाको युवा समुह आवश्यक रहने बताए । उनले यो कार्यक्रम मार्फत स्वदेशमा बसेर केही गर्छु भन्ने युवाहरुको इच्छाशक्तीको विकास हुने समेत बताउँदै भने–“यदि युवाहरु लगनशिल भएर कार्य गरेमा कृषीमा प्रदेशलाई आत्मनिर्भर बनाउने सकिने छ भने युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्नेछ ।”
प्रदेशका युवाहरुलाइ लक्षित गरि मन्त्रालयले प्रदेशमा युबामैत्री कानुन बनाउन लागेको समेत जानकारी गराउँदै मन्त्री गुरुङले युवानिती ल्याएर प्रदेशका सबै युवाहरुको आर्थिक, सामाजिक, खेलकुदका साथै युवाहरुको व्यक्तित्व विकासका लागि अधिकार स्थापित गर्न मन्त्रालयले तयारी शुरु गरेको समेत बताए ।
मन्त्री गुरुङले एक अर्को फरक प्रसङ्गमा कोभिडका कारण अर्थतन्त्रलाई चलायमान बनाउन प्रदेशका नागरिकहरुलाई खोप वितरण सहज वातावरण बनाउन आफुले सक्दो पहल गर्ने बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिब तेज बहादुर गुरुङ, मन्त्रीका सल्लहाकार समिर गुरुङ, प्रेस सल्लाहकार रोनित गुरुङ लगायतको सहभागिता रहेको थियो ।
