नेकोस गण्डकीको बैठकले गर्‍यो सचिवालय गठन संगै कार्य विभाजन

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकीको बैठकले सचिवालय गठन संगै कार्य विभाजन गरेको छ ।

नेकोस गण्डकीको कार्यसमिति बैठकले १९ सदस्यिय सचिवालय गठन संगै कार्य विभाजन गर्दै जिम्मेवारी प्रदान समेत गरेको हो । गठित सचिवालयमा अध्यक्ष पुनसहित दिपेन्द्र पौडेल, साधना पन्त, शिब प्रसाद अधिकारि, बोधराज गिरि, सुजन आचार्य र तोरण बहादुर बानियाँ रहेका छन् ।

त्यसै गरी नरेन्द्रनाथ ढुंगाना, सन्दिप कोईराला, नगेन्द्र शर्मा भण्डारी, सेत बहादुर पुन, सुर्य गुरुङ, धन पुर्जा, बालकुमार छेत्री, किरण गौतम, सुवास खड्का, दुर्गा ब परियार, राजन गुरुङ र सत्यराज साप्कोटालाई सचिवालय समितिमा समेटिएको छ ।

नेकपा एमाले प्रदेश कमिटी उपाध्यक्ष एबम जन संगठन प्रमुख मोहन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक नेकोस गण्डकीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा बसेको हो ।

यसै गरी बैठकले गण्डकी प्रदेशका ११ जिल्लामा जिल्ला इन्चार्ज समृत तोकेको अध्यक्ष पुनले पोखरा स्पोर्टसलाई जानकारी दिए । जिल्ला इन्चार्जहरुमा स्याङ्जा–दिपेन्द्र पौडेल, बाग्लुङ–साधना पन्त, कास्की–शिब प्र.अधिकारी, तनहुँ–सुजन आचार्य, नवलपुर–सेत बहादुर पुन, गोरखा–दिपक अधिकारी, लमजुङ–सुर्य गुरुङ, मनाङ–दुर्गा ब परियार, म्याग्दी–धन पुर्जा, पर्बत–बालकुमार छेत्री रहेका छन् ।

यसै गरी बैठकले महासंघले ‘नेकोस गण्डकी खेल सघ’ सयोजकहरु समेत तोकेको छ । खेल संघहरुको समन्वय प्रमुखमा बोधराज गिरी रहेका छन् भने फुट्बलमा रमेश कार्की, भलिबलमा रमेश थापा, ब्याड्मिन्टन जिवन तिवारी, फुट्सलमा राजन गुरुङ, एथलेटिक्समा हरि बडुवाल, जिमन्यास्टिकमा कृष्ण प्रसाद तिमिल्सिना, रग्वीमा कुमार थिङ लामा, क्रिकेटमा भोजराज बराल, ब्लाइन्ड क्रिकेटमा अमृत बराल, तेक्वान्दोमा कृष्ण महर्जन र कराँतेमा रामचन्द्र गिरी संयोजक रहेका छन् ।

नेकोस गण्डकीको कार्यविभजन
संगठन बिभाग
प्रमुखः बिष्णु पुन
उपप्रमुख : बोधराज गिरि
सचिब : नरेन्द्रनाथ ढुंगाना

प्रशिक्षण बिभाग
प्रमुख : दिपेन्द्र पौडेल
उपप्रमुख : कृष्ण तिमिल्सिना
सचिन : जिवन तिवारी

प्रचार बिभाग
प्रमुख : शिब प्रसाद अधिकारी
उपप्रमुख : सत्यराज साप्कोटा
सचीव : ईश्वर अधिकारी

आर्थिक बिभाग
प्रमुख : तोरण बहादुर बानियाँ
उपप्रमुख : नगेन्द्र शर्मा भण्डारी
सचिन : सन्दीप कोइराला

कार्यलय एबम स्पोर्ट्स एकेडेमी समन्वय बिभाग
प्रमुख : नरेन्द्रनाथ ढुंगाना
उपप्रमुख : हरि बडुवाल
सचिब : केशब थापा

खेलाडी तथा खेल प्राबिधिक समन्वय बिभाग
प्रमुख : कृष्ण प्रसाद तिमिल्सिना
उपप्रमुख : कृष्ण महर्जन
सचिब : रमेश कार्की

सामाजिक सेवा बिभाग
प्रमुख : शिब पौडेल
उपप्रमुख : निजाम मिया
सचिब : बिशाल खड्का

स्वास्थ बिभाग
प्रमुख : इन्द्र गौतम
उपप्रमुख : कुमार बहादुर क्षेत्री
सचिब: बेनिराम थारु

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close