नेपाल खेलकुद महासंघ (नेकोस) को प्रदेश भेला तयारी

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) ले मातहतका सबै प्रदेश कमिटीका अधिवेशनहरु धमाधम आयोजना गरिरहेको छ । गत माघ २३ गते महाधिवेशन आयोजक कमिटीमा परिणत भएको नेकोस केन्द«ले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडौंमा उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरी अभियानकै रुपमा फागुन २१ गते सम्पन्न गर्न गईरहेको हो ।

फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटौंडामा, फागुन १६ गते सुदुरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा तथा फागुन १८ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको छ । त्यसैगरी फागुन १९ गते लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको बुटवल तथा गण्डकी प्रदेशको अधिवेशन कास्कीको पोखरामा र मधेश प्रदेशको अधिवेशन फागुन २० गते धनुषाको महेन्द्रनगरमा हुनेछ ।

अभियान अन्र्तगत फागुन २१ गते झापाको सुखानीमा प्रदेश १ को अधिवेशनको समाप्तिसँगै महासंघका सबै प्रदेश कमिटीले नयाँ नेतृत्व समेत पाउनेछन् । सबै प्रदेशका अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, सहसचिव दुई तथा कोषाध्यक्ष एकसहित ७५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनेछन् । सबै प्रदेश कमिटीका अधिवेशन पश्चात फागुन २८ गते महासंघ सम्बद्ध खेल संघहरुको संयुक्त भेला काठमाडौमा आयोजना गरिएको प्रचारविभाग प्रमुख एवं प्रवक्ता उमेश केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close