एन.आर.एन यूवा विभागले गर्यो क्रस कन्ट्री देखि विभिन्न सामाजिक काम

पोखरा, २५ बैशाख । बितेको १४/१५ महिनामा गैर आवाशिय नेपाली संघ यूकेको यूवा विभागले विभिन्न खेलकुद देखि विभिन्न रचनात्मक सामाजिक कृयाकलापहरु गरेको जनाएको छ ।

यूवा विभागका संयोजक लाल बहादुर गुरुङ (एलविजेड्)का अनुसार उनको परिकल्पना अनुसार स्याङजाको कोल्मा बहाकोटमा अन्तर्राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड थियो । जुन सफलतापूर्वक सम्पन्न भयो ।

आफ्नो जन्मभूमी र मातृभूमीका लागि केही गर्नु पर्छ भन्ने मनोभावका साथ बेलायत छोडेर ७ महिना सम्म संयोजक गुरुङ गाउँमा बसे । गत माघ २६ गते एलविजेड्कै परिकल्पना अनुसार कार्यक्रम सफल मात्रै भएन सवत्र चर्चा पनि पायो ।
क्रस कन्ट्रिले सुतिरहेको गाउँलेमा फेरी आसा जगायो । स्याङजाको कोल्मा देखि तनहुँको राईपुर सम्म विगतको ईतिहास लाई समेत व्यूत्याउँने र जोड्ने काम गर्यो । उनी भन्छन–‘उक्त कार्यक्रमले सबै गाउँलेको मन र भावना जोडेको मात्रै नभै सबै पुस्तालाई संगै हिडाउने काम गर्न सफल रह्यो ।’

कार्यक्रमले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन र गण्डकी प्रदेश सरकारको सन २०२२ मा २० लाख पर्यटन भित्राउने निती सफल बनाउन पनि भूमिका खेल्ने संयोजक गुरुङको भनाई छ ।

फुटबल खेलाडी अतित लाई सहयोग


गण्डकी प्रदेश बाट फुटबल खेलिरहेका २४ वर्षिय अतित गुरुङ लाई उपचारका लागि एनआरएन यूवा विभागको सक्रियतामा आर्थिक सहयोग प्रदान गर्यो । यूवा विभागको पहलमा संकलन भएको रकम अतितलाई हस्तान्तरण गरिएको थियो । अतितका दुवै मिर्गौला फेल भएर हाल उपचार गराइरहेका छन । नेपाली सिने जगतका महानायक राजेश हमालको उपस्थितीमा संकलित ३ लाख २७ हजार रुपैया अतितलाई प्रदान गरिएको थियो ।

‘म अनि मेरो मातृभूमी’ विषयक अन्तक्रिया
बेलायतमा रहेका यूवाहरुलाई जागरणका लागि पहिलो पटक गैर आवासिय यूवा विभागको पहलमा यूवा समितीले २१ जुलाई २०१८ मा एक अन्तक्रिया कार्यक्रम सम्पन्न गर्यो । गैर आवासिय संघ यूकेकोे इतिहासमा नै पहिलो पटक ‘म हनि मेरो मातृभूमी’ विषयक अन्तक्रिया कार्यक्रममा नेपाली सिने जगतका महानायक राजेश हमाल, सञ्चारकर्मी दिल भूषण पाठक र गैर आवासिय आईसिसीका उपाध्यक्ष कुल आचार्यको सहभागिता रह्यो ।

बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगाएत अन्य समाजसेवीहरुको समेत उपस्थिती रह्यो । अन्तक्रियामा बेलायतमा कार्यरत नेपाली समुदायले प्राप्त गर्ने नागरिकताका सवाल र भूतपूर्व सेनाले पाउनु पर्ने अधिकारका विषयमा समेत गम्भिरताका साथ बहसका रुपमा उठेको संयोजक लाल बहादुर गुरुङ (एलविजेड्) ले बताए ।

यूवाहरुका लागि विशेष रुपमा आफ्नो मतृभूमीको बारेमा खुलेर बहश गर्न र कस्ता कार्यक्रमहरुले आफ्नो मातृभूमीको सेवा गर्न सकिन्छ भन्ने कुरालाई समेत कार्यक्रमका दौरान उठाइयो । यू.सि.यल युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरु माझ गरिएको यस्तो कार्यक्रम पहिलो अभ्यासको रुपमा आयोजना गरिएको भए पनि निकै आकर्षित र रोचक रहेको संयोजक गुरुङले बताए ।

नयाँ वर्ष मनाउन यूकेमा जुटे महिलाहरु

एनआएन यूकेको पहलमा नेपालीहरुको नयाँ वर्ष मनाउन नेपाली महिलाहरु यूकेमा एक जुट भएका थिए । महिलाहरुलाई शसक्तिकरण (वोमेन्स पावर) गर्न आयोजित कार्यक्रममा नेपाली गायिका प्रिती आले, नायिका छुल्ठिम गुरुङ, मोडल तथा नृत्यङ्गाना रश्मि तामाङ र स्थानिय यूकेका नेपाली कलाकारहरुले बेलायतका विभिन्न स्थानहरुमा प्रस्तुती समेत दिए । २१औ शताब्तीका महिलाहरू हरेका क्षेत्रमा आफ्ना उपस्थिती जनाउदै बिशेष भुमिका निभाउन र कुशल नेतृत्व दिन सक्छन भन्ने सन्देश कार्यक्रमले दिन सफल रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close