
पोखरा स्पोर्टस । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब रेलिगेशनबाट जोगिएको छ ।
जावलाखेलले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले पराजीत गरेपछि रेलिगेशनबाट जोगिएको हो । जावलाखेलको जीतमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे ।
यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५ औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८८औँ मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जीत दिलाए । जावलाखेलले १२ खेलमा १४ अङ्क जोडदै अङ्क तालिकाको दशौैं स्थानमा उक्लेको छ । समान १२ खेल खेलेको हिमालयनले १३ अङ्क जोडेको छ ।
