पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकलाई उपाधि

पोखरा स्पोर्टस । १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेन कोस्गीले उपाधि जितेका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च द्वारा ७२ औं प्रजातन्त्र दिवशका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५ किमि २ घन्टा १९ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधि संगै उनले पोखरा म्याराथनमा नयाँ रेकर्ड बनाएक छन् । स्टेफेनले उपाधि संगै नगद ४ लाख नगद हात पारे ।


त्यस्तै केन्याकै अर्का धावक सिमिअन किप्लागाट टुले निर्धारित दुरी २ घन्टा २१ मिनेट ३ सेकेण्डमा पार गर्दै दोश्रो स्थान प्राप्त गरे । उनले नगद २ लाख हात पारे । उनको टाइमिङ समेत पोखरा म्याराथनमा नयाँ रेकर्ड हो । म्याराथनतर्फ नै विभागिय टोली नेपाली सेनाका मोहन देव जोशी २ घन्टा ३३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उनले नगद १ लाख प्राप्त गरेका छन् । उनी नेपाली धावकहरु मध्ये पहिलो स्थान प्राप्त गरेका छन् । उनी नेपाली धावकहरुमा पहिलो स्थान भए संगै यूकेको कुनै एक म्याराथनमा सहभागि हुने मौका समेत पाएका छन् । एपिएफ क्लवका सन्तोष विक्रम विष्टले उक्त दुरी २ घन्टा ३४ मिनेट ४८ सेकेण्डमा पार गर्दै चौथो स्थान हात पारेका छन् । उनले नगद ३० हजार प्राप्त गरे ।

यता महिलातर्फ भएको २१ किमि हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले उपाधि जितेकी छन् । उनले निर्धारित दुरी १ घन्टा २१ मिनेट २६ सेकेण्डमा पार गर्दै नगद १ लाख हात पारेकी छन् भने एपिएफ क्लवकी विन्द्रा धान्के श्रेष्ठले १ घन्टा २७ मिनेट ४१ सेकेण्डमा पार गर्दै दोश्रो भइन । उनले नगद ५० हजार प्राप्त गर्दा जुम्लाकी राममायाँ वुढाले १ घन्टा ३० मिनेट ४८ सेकेण्डमा पार गर्दै तेश्रो भइन । उनले नगद ३० हजार प्राप्त गरिन । विदेशी धाविका युकेकी हाना क्यारसले निर्धारित दुरी १ घन्टा ३२ मिनेट ५८ सेकेण्डमा पार गर्दै चौथो भएकी छन् । उनले नगद १५ हजार प्राप्त गरिन ।

विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, ग्रिसका अवैतनिक राजदुत विक्रम पाँडे काजी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश यूवा तथा खेलकुद मन्त्रालयका सचिव वद्रीनाथ अधिकारी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, पोखरेली मञ्चका अध्यक्ष मान प्रसाद गुरुङ, उपाध्यक्ष करम गुरुङ, कृषि विकास बैंक प्रदेश कार्यालयका निमित्त निर्देशक शम्भु पौडेल, भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट मञ्चका सल्लाहकार जगन गुरुङ, सल्लाहकार गणेश भट्टराई, महेश गुरुङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, किर्तिमानधारी धावक बैकुण्ठ मानन्धर, नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले विजेता धावक खेलाडीहरुलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । पोखरा म्याराथन अन्तर्गत वितरण गरिएको मध्येको एक पुरस्कार स्रष्टा स्व.भुपी शेरचनको स्मृतीमा वितरण गरिएको थियो ।

पोखरा म्याराथनलाई उद्घाटन गर्दै प्रदेश मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई खेलकुदको हव बनाउन प्रदेश सरकारले आफ्ना कार्यक्रमहरु अघि बढाउने बताए । उनले गण्डकी प्रदेश खेलकुदका लागि उपयूक्त प्रदेशको रुपमा रहेको बताउँदै अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चले गरेको कार्यक्रम निकै स¥हानिय रहेको समेत उल्लेख गर्दै भने–“यहाँहरुले यूवावस्थामा जुन जोशका साथ खेल मैदानमा उत्रिनु भयो त्यही जोशका साथ खेल विकासमा अघि बढ्नु भएको छ, त्यसका लागि प्रदेश सरकार आभार व्यक्त गर्दछ ।”

सो अवसरमा मुख्यमन्त्री नेपालीले शान्तीको प्रतिक ‘पिस टर्च’ प्रज्वलित गरेका थिए । उक्त पिस टर्चको व्यवस्थापन नेपाल पिस रनकी संयोजक स्वेता प्रधानले व्यवस्थापन गरेकी थिइन ।

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरा म्याराथन सिङ्गो पोखरेलीहरुको गर्व गर्ने कार्यक्रम रहेको बताउँदै सबैको साथ र सहयोगले भव्य रुपमा सफल भएको बताए । उनले सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै पोखरा म्याराथनले अन्तर्राष्ट्रिय रुपमा नै चर्चा गर्ने लायक प्रतियोगिताको रुपमा अघि बढेको उल्लेख गरे ।

कार्यक्रममा हिमाली सांस्कृतिक परिवार, लोक दोहोरी प्रतिष्ठान गण्डकीका कलाकारहरुले विभिन्न सांगेतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजन रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल एथलेटिक्स संघ, पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बैंक, स्पोर्टस वेयर एक्स–टेप, केल्मी, अप्रिला स्कुटरको विक्रेता सिताज लाइफ स्टायल, समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी दुर्गा गुरुङ, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४, कुमुदिनी होम्स मावि पोखरा ४, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, वुम¥याङ रेष्टुरेन्ट, तमु धि युके, सहारा युके, गोकर्ण कार्की (बाराही बेकरी), हिमाअस एजुकेशन कन्सलटेन्सी न्यूरोड पोखरा, मुङलान रेष्टुरेन्ट एण्ड बार, बगर भाई खलक यूकेका अध्यक्ष दिलरास गुरुङले सहयोग गरेका छन् ।

त्यसै गरी लेकसाइड एरिना फुटसल सञ्चालक बिनोद गुरुङ, पोखरा ६ तथा हाल स्कटल्याण्ड निवासी समाजसेवी जोनी पहारी, हिमश्री फुड्सका निर्देशक किरण केसी ज्यू, होटल वाराही लेकसाइड, माउन्ट कैलाश रिसोर्ट, होटल लेक प्यालेस, होटल एलिगेन्स, पोखरा पर्यटन परिषद लगायतले सहयोग गर्ने संगै सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवर्द्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेका छन् । त्यसै गरी पोखरा म्याराथन सफल बनाउन फिजियो थेरापी एशोसियसन, नेलम्वो नेपाल, एम्वुलेन्स चालक संघ, पोखराका दुई दर्जन अस्पतालहरु, नेपाल रेडक्रस सोसाइटी कास्की, साइकल सिटी पोखरा, विभिन्न खेलकुद संघ–संस्थाहरु, टोल विकास संस्थाहरु, आमा समुहहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की लगायतले सहयोग गरेका छन् ।

पोखरा म्याराथनमा जातिय तथा छुवाछुत विरुद्ध केही युवाहरु सहभागि भएका थिए । “फाइट एगेन्स्ट रेसिजम” को नारा दिएर प्रकाश सुनारको नेतृत्वमा बाबुराम नेपाली, अनिल विश्वकर्मा, अनिल नेपाली विवस नेपाली र शुसिल विक सहभागी भएका थिए । पोखरा म्याराथन पछिल्लो केही समय यता जनचेतना जगाउने माध्यम समेत बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close