पोखरा म्याराथनमा बैकुण्ठ मानन्धर र गितकार वुद्धविर प्रेरणाका लागि दौडने

पोखरा स्पोर्टस । १६ औं संंस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दक्षिण एशियाली खेलकुद (साग)का किर्तिमानधारी धावक वैकुण्ठ मानन्धर सहित गितकार वुद्धविर लामा दौडने भएका हुन् ।

भोली फागुन ७ गते शनिवार पूर्व सन्ध्यामा पोखरा रंगशालामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन धावक मानन्धर सहित गितकार वुद्धविर लामा पोखरा आइपुगेका हुन् । पोखरा म्याराथनको गर्विलो इतिहास रहेको बताउँदै किर्तिमानधारी धावक मानन्धरले आफूहरु प्रेरणाकै लागि दौडने लागेको बताए ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य समेत रहेका उमेरले ७० वर्ष पुगेका किर्तिमानधारी धावक मानन्धरले आफू पोखरा म्याराथनमा सहभागीहुन जहिले पनि उत्सुक रहेको बताउँदै प्रेरणाकै लागि दौडिने बताए ।

त्यस्तै ५ सय भन्दा वढि गित रेकर्ड गरिसकेका गितकार वुद्धविर लामा पोखरा म्याराथनमा सहभागिता जनाउन आफू पोखरा आएको बताए । उनले भने–“पोखरा म्याराथन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित छ । यहाँको संस्कृती र लोक परम्परालाई जोड्दै हुने पोखरा म्याराथनमा सहभागि हुन आफैमा गौरवको विषय हो ।” उनले समय मिलेमा पोखरा रंगशालामा आफ्नो केही प्रस्तुती समेत रहने बताए ।

पोखरा म्याराथनमा उत्साह जोगाउन सिप्रदी ट्रेडिङ प्रालीका पूर्व निर्देशक शम्भु प्रसाद दाहाल समेत सहभागि हुन पोखरा आइपुगेका छन् । नेपाल अटोमोवाइल एशोसियसनका (नाडा)का पूर्व अध्यक्ष समेत रहेका दाहाल पोखरेलीहरुको उत्साह देखेर नै आफू पोखरा म्याराथनमा सहभागि हुन पोखरा आइपुगेको बताए ।

पोखरा म्याराथनमा सहभागी जनाउन भेट्रान्स धावक धर्म महर्जन समेत पोखरा आइपुगेका छन् । ५० वर्ष माथीका उनी पोखरा म्याराथनमा १० औं स्थान सम्म पर्ने उत्साहका साथ पोखरा आइपुगेको बताए । त्यस्तै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री पोखरा म्याराथनमा सहभागि हुन पोखरा आएका छन् ।

पोखरा आएका उनीहरुलाई मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम गुरुङले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close