बंगलादेशी क्रिकेटरलाई आइपिएल खेल्न रोक, मुस्ताफिजुरलाई रिलिज गर्न कोलकोतालाई निर्देशन

पोखरा स्पोर्ट्स ।  भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआइ) ले बंगलादेशका क्रिकेट खेलाडीलाई आइपीएलमा खेल नदिने भएको छ ।

बंगलादेश र भारतबीचको पछिल्लो विवादपछि बिसिसीआईले यस्तो निर्णय लिएको हो । बिसिसीआईका सचिव देवजित सैकियाले आइपिएल टिम कोलकाता नाइट राइडर्सलाई बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएका छन् ।

उनले हालैका घटनाक्रमहरू पछि, बोर्डले कोलकोतालाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई आफ्नो टोलीबाट रिलिज गर्न निर्देशन दिएको जानकारी दिएका छन् । बोर्डले रहमानको स्थानमा प्रतिस्थापनको लागि अनुरोध गर्न सक्ने र बोर्डले त्यसको अनुमति दिने बताएका छन् ।

बंगलादेशमा हिन्दूहरुमाथि एक पछि अर्को आक्रमण भइरहेपछि भारतमा चर्को विरोध भइरहेको छ । केहि दिनदेखि बंगलादेशी खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गर्दै विरोध हुदै आएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close