
पोखरा स्पोर्टस । नेपाल फेन्सिङ संघको विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ ।
खेलकुद विकास ऐन २०७७ अनुसार संघलाई अघि बढाउनु पर्ने उद्धेश्य अनुरुप विशेष साधारण सभा बोलाइएको संघले जनाएको हो । संघका महासचिव सुजनलाल श्रेष्ठले विशेष साधारण सभा खेलकुद विकास ऐन २०७७ अनुरुप विशेष साधारण सम्पन्न भएको पोखरा स्पोर्टसलाई जानकारी दिए ।
विशेष साधारण सभाले नेपाल फेन्सिङ संघको नयाँ विधान सर्वसम्मत रुपले पारित गरेको छ भने नयाँ विधान अनुसार प्रदेश संघहरु गठन गरी नयाँ निर्वाचनमा जाने तयारी समेत गरेको महासचिव श्रेष्ठले जानकारी दिए ।
विशेष साधारण सभा संघका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतमा भएको थियो ।
