पोखरा म्याराथनको सह प्रायोजकमा ‘एक्स–टेप’

पोखरा स्पोर्टस । यहि फागुन ७ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनमा एक्स–टेप (Xtep Sports Wear) स्पोर्टस वेयर सह–प्रायोजकको रुपमा अघि बढेको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने नेपालकै जेठो म्याराथनलाई सफल बनाउन एक्स–टेप स्पोर्टस वेयर सह प्रायोजकको रुपमा जोडिने भएको हो ।

१५ औं संस्करणमा समेत सहयोगी संस्थाको रुपमा जोडिएको एक्स टेप १६ औं संस्करणमा भने सह प्रायोजकको रुपमा जोडिएको मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उनले भने–“पोखरा म्याराथनको जति पाको हुँदै गएको छ यसको गरिमा र आकर्षण खेल जगतमा मात्रै नभई सहयोगी संस्थाहरुको आकर्षण समेत बढ्दै गएको छ ।”

पोखरा म्याराथन संग जोडिएकोमा एक्सटेपलाई अभार व्यक्त गर्दै अध्यक्ष पराजुलीले अन्य व्यवसायिक संस्थाहरुलाई समेत सहयोग गर्न उनले आग्रह गरे ।

पोखराको वुद्ध विशाल बजार लगायत काठमाडौ र देशका धेरै ठाउँमा आउटलेटहरु रहेको एक्सटेप स्पोर्टस वेयरको विशेष गरी रनिङ सुजका लागि निकै उत्कृष्ट रहेकोले एथलेटिक्स लगायत अन्य खेलाडीहरुको आकर्षण समेत रहेको छ भने अन्य खेल पोशाक समेत उत्तिकै उत्कृष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close