पत्रकारहरु अधिकारी, बराल र घिमिरे माथी भएको भौतिक आक्रमणको महासंघ द्वारा भत्सर्ना

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष तथा क्रियासिल पत्रकारहरु रञ्जन अधिकारी माथी समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमण र खेलकुद पत्रकार मञ्च गण्डकीका साधारण सदस्य एवं कृयासिल पत्रकारहरु ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरे माथी भएको दुर्व्यवहारका साथै अन्य पत्रकारलाई समेत दिइएको धम्कीको घटना प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै भत्सर्ना गरेको छ ।

रोजगारी दिनेभन्दै ठगी गर्र्नेे पक्राउ गरिएको र त्यसबाट पीडितको विषयमा आइतबार जिल्ला प्रहरी कार्यालयमा समाचार संकलन गर्न गएका रञ्जन अधिकारी, गणेश बराल र प्रल्हादचन्द्र घिमिरेसहित अन्य पत्रकारलाई समेत लक्षीत गर्दै ‘पत्रकारलाई नछोड्ने’ भन्दै जिल्ला प्रहरी कार्यालयको गेट अगाडिबाटै पीडित पक्षको आवरणमा धम्की दिइएको थियो । पत्रकार सधैं पीडितकै पक्षमा रहने पत्रकारलाई त्यही समूह मध्येबाट काठमाडौं–१४ कलंकी घर भई हाल पोखरा ३१ मासबार बस्ने युवराज लामा र पोखरा ३० तालचोकका नवराज शर्माले पत्रकार रञ्जन अधिकारी माथी गेट अगाडि नै आक्रमण गरेका थिए ।

घटनाक्रममा उनीहरुले पत्रकार अधिकारीले प्रयोग गरेका सञ्चार सामग्री समेत नियन्त्रणमा लिँदै खिचिएका र लेखिएका सामग्री नष्ट गरेका थिए । “यसरी पत्रकार माथी आक्रमण गरिनु, सञ्चार सामग्री नियन्त्रणमा लिँदै सामग्री नष्ट गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु प्रेस स्वतन्त्रा विरोधी काम भएको हाम्रो ठहर छ” विज्ञप्तीमा भनिएको छ ।

पत्रकार र उनीहरुको पेशा प्रति नै हातोत्साहित बनाउन खोज्ने यस किसिमका आक्रमण र धम्कीको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति निन्दा सहित भ्रत्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close