पोखरा म्याराथनलाई एनटिएचएमसी र कुमुदिनी द्वारा थप पुरस्कारको घोषणा

पोखरा स्पोर्टस । आसन्न १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) र कुमुदिनी होम्स मावीले थप पुरस्कार राशीको घोषणा गरेका छन् ।

पोखरा १४ स्थित एनटिएचएमसीले पोखरा म्याराथन अन्तर्गत हुने १० किमी महिलातर्फको पुरस्कार राशी २० हजार र पोखरा ४ स्थित कुमुदिनीले छात्रातर्फको प्रथम पुरस्कारको राशी १२ हजार प्रदान गर्ने घोषणा गरेका हुन् । एक दिन अघि मात्रै पुरुषतर्फको प्रथम र छात्र तर्फको प्रथम पुरस्कार घोषणा गरेका दुई शिक्षण संस्थाले पुनः महिला र छात्रातर्फको नगद पुरस्कार राशी समेत प्रदान गर्ने भएको नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले बताए ।

पोखरा म्याराथन आयोजक संस्थाका नेपाल भुतपूर्व खेलाडी मञ्चका सल्लहाकार तथा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष समेत रहेका समाजसेवी अशोक पालिखेले पोखरा म्याराथनमा दुई शिक्षण संस्था जोडिनु गर्वको विषय रहेको बताए । “हिजो हामीले पुरुषतर्फको मात्रै पुरस्कार राशी घोषणा गरेका थियौं”, उनले भने–“छात्रा र महिलाहरुलाई समेत खेलकुदमा आकर्षण बढाउन हामीले यि दुई पुरस्कार राशीलाई समेत प्राथमिकता दिएका हौं ।”

दुवै शिक्षण संस्थाले पुरस्कार राशीमा ६४ हजार नगद सहयोग गर्नेभएको अध्यक्ष पराजुलीले जनाउँदै सहयोगी शिक्षण संस्थाप्रति आभार व्यक्त गर्दै भने–“पोखरा म्याराथनमा धेरै संघ संस्था र व्यवसायिक प्रतिष्ठानहरु जोडिन आउनुभएको छ”, उनले थपे–“अव पोखरा म्याराथन मञ्चको मात्रै भएको छैन सवै पोखरेलीहरुले हाम्रो हो भन्ने कुरालाई गर्वका साथ ग्रहण गर्नुभएको छ ।” उनले पोखरा म्याराथनका सहयोगी मनहरुलाई आभार व्यक्त गर्दै फागुन ७ गते हुने खुला म्याराथन र महिलातर्फको हाफ म्याराथन सफल बनाउन आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close