अन्तर्राष्ट्रिय सफ्ट टेनिस द्वारा सम्मान तथा मनोनयन सम्पन्न

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार एक कार्यक्रमकाबिच विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा महासंघको विभिन्न ओहदामा मनोनयन गरेको छ ।

महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पु¥याउने तथा विभिन्न ब्यक्तित्वहरुलाई बुढानिलकण्ठस्थित पार्क भिलेजमा सम्मान गरेको हो । सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्याति राणा, पूर्व अध्यक्ष मनोज समशेर राणा, अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघका बैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा. ऋषीकेशव विक्रम शाह, अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टीडोपिङ्ग तथा मेडिकल कमिसनका प्रमुख डा. अजय समशेर राणा, ब्यवस्थापन कमिशनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष लि ह्युन टेक रहेका छन् ।

यस्तै महासंघले लाईफटाईम एचिभमेण्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ्ग कोनलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष बिनय विक्रम शाहले विभिन्न ब्यक्तित्वहरुलाई विभिन्न पदमा मनोनयन पनि गरेका छन् । नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तर्राष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटिको अध्यक्षमा र सफ्ट टेनिस संघका सदस्य आनन्द प्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन् ।

यस्तै पूर्व अन्तराष्ट्रिय खेलाडी तथा संघका पूर्व सदस्य एसएसपी अशोक सिंह र पूर्व अन्तराष्ट्रिय खेलाडी एवं संघकी सदस्य एवं प्रशिक्षक निरा कायस्थलाई महासंघको निर्देशकमा मनोनयन गरेको छ । संघका पूर्व सदस्य एवं प्रशिक्षक किरण कुमार खड्कालाई महासंघको निर्देशक र युएसएका लागि महासंघको संयोजकमा, संघका कोषाध्यक्ष संजय नेपाललाई महासंघका निर्देशक तथा अष्ट्रेलिया र न्यूजिल्याण्डको संयोजकमा, नारायण प्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजकमा तथा प्रा.डा. शिदार्थ विक्रम पाँडेलाई निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन गरेको छ ।

सोही अवसरमा अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघबाट प्राप्त खेलकुद सामाग्री महासंघका महासचिव चोई सियोङ्ग कोन र उपाध्यक्ष लि ह्युन टेकले मन्त्री गहतराजलाई र मन्त्रीले संघका उपाध्यक्ष विकास पाण्डेलाई हस्तान्तरण गरे ।

सो अवसरमा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गहतराजले अन्तराष्ट्रिय स्तरमा नेपालले प्रतिनिधित्व गर्नु भनेको नेपालको गौरवको बिषय भएको भन्दै यस खेललाई विकास गर्न सवैपक्ष मिलेर लाग्नु पर्ने बताए । खेलले अनुशासित जीवन बिताउन प्रेरणा प्रदान गर्ने र स्वस्थ नागरिकले मात्र स्वस्थ राष्ट्र बनाउन सफल हुने भन्दै खेलकुदमा राजनैतिक चलखेलका कारण विकासको गतिमा अवरोध आईरहेको भन्दै आफु त्यसको विपक्षमा रहेको र त्यसका लागि पहल गरिरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close