नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट र कुमुदिनी होम्सले पोखरा म्याराथनलाई साथ दिने

पोखरा स्पोर्टस । पोखरा १४ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र पोखरा ४ स्थित कुमुदिनी होम्स माविले पोखरा म्याराथनलाई साथ दिने भएका छन् ।

यहि फागुन ७ गते शनिवार आयोजना हुने “१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन”लाई पोखराका दुई शिक्षालयहरुले साथ दिने भएका हुन् । पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमि पुरुष तर्फको प्रथम पुरस्कार राशी नगद २० हजार नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले प्रदान गर्नेछ भने कुमुदिनी होम्स माविले छात्रतर्फको ५ किमि दौडको प्रथम पुरस्कार राशी १२ प्रदान गर्नेछ ।

पोखरा म्याराथन आयोजक संस्थाका नेपाल भुतपूर्व खेलाडी मञ्चका सल्लाहाकार तथा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष समेत रहेका समाजसेवी अशोक पालिखेले पोखरा म्याराथनलाई सहयोग गर्न पाउनु गर्वको विषय रहेको बताए । उनले भने–“पोखरा म्याराथनमार्फत पोखरालाई विश्वमा चिनाउन सहयोग पुगेको छ, यो पोखरेलीहरुको आफ्नै कार्यक्रम समेत हो । हामी पोखरा म्याराथन संग सहकार्यका लागि सम्पूर्ण खेलप्रेमीहरुमा आग्रह गर्न चाहन्छौं ।”

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा होटल म्यानेजमेन्टको प्लस टु, विएचएम, वैकिङ एण्ड इन्सोरेन्स (विविए–विआई) र विविएमा अध्ययन अध्यापन हुँदै आएको छ ।

त्यसै गरी पोखरा म्याराथनलाई नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले नगद १५ हजार सहयोग गरेका छन् । कार्कीले महिलातर्फ २१ किमि दौडको सान्त्वना पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जनाएका छन् ।

पोखरा म्याराथन अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजन रहेको छ भने सह प्रायोजकमा स्पोर्टस वेयर एक्स–टेप, केल्मी, कृषि विकास वैंक लिमिटेड (वैकिङ पार्टनर) रहेको छ । त्यस्तै पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युके, दुर्गा गुरुङ यूके, गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी, वुमर्याङ रेष्टुरेन्ट लेकसाइड, विई विल राइज फाउण्डेशन, हिमेक्स नेपाल, हिमा अस एजुकेशन, मुङलान रेष्टुरेन्ट, हिमालयन कम्प्पुयुटर, कौशिल्या थापा (पोखरा), नेपाल पर्यटन वोर्ड पोखरा लगायत अन्य संघ संस्थाले सहयोग गर्ने भएको कोषाध्यक्ष पौडेलले बताए ।

पोखरा म्याराथनतर्फ दुई चरणमा गरी प्रतियोगिता आयोजना हुने भएको छ । जस अन्तर्गत फागुन ७ गते खुला ४२.१९५ किमि म्याराथन र महिलातर्फको २१ किमि हाफ म्याराथन हुनेछ भने २०७८ चैत्र १२ गते १० किमि महिला–पुरुष दौड, ५ किमि छात्र–छात्रा दौड तथा अपाङ्गतर्फका दृष्टिविहिन र ह्विल चियर महिला पुरुष दौड हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close