पोखरा रंगशालामा पानीको ओभरहेड ट्याङ्की निर्माण गर्न राखेपले एक करोड खर्च गर्दै

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पोखरा रंगशालामा पानीको पूर्णरुपमा व्यवस्थापन गर्ने भएको छ ।

राखेपले पोखरा रंगशालामा पानीको व्यवस्थापन गर्न चालु आर्थिक वर्ष २०७८/०७९ मा एक करोड खर्च गर्ने भएको हो । पोखरा रंगशालाको पानी व्यवस्थापन गर्न राखेपले पोखरा रंगशालामा ओभरहेड ट्याङ्की निर्माण गर्ने भएको छ ।

पोखरा रंगशालामा पानीको व्यवस्थापन गर्न २०५९/०६० मा अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले पहिलो पटक वोरिङ्ग गरेको थियो । वोरिङ्ग सङ्गै करिव एक लाख ५० हजार लिटरको भुँई ट्याङ्की समेत तत्कालिन अवस्तामा राखेपले निर्माण गरेको थियो । पोखरा रंगशाला निर्माण अभियान संङ्ग जोडिएको उक्त वोरिङ्ग भने प्राविधिक समस्याका कारण लामो समय टिक्न सकेन ।

त्यसै गरी ४ वर्ष अघि करिव १७ लाख ५० हजार खर्च गरी पुनः राखेपले सोही ठाउँमा वोरिङ्ग गरे पनि १५/१६ महिना भन्दा अघि बढ्न सकेन । पछिल्लो पटक निर्माण गरिएको वोरिङ्गमा समेत प्राविधिक समस्या आयो ।

यति बेला पोखरा रंगशालामा यति बेला ट्याङ्करकै भर पर्नु पर्ने अवस्था रहेको छ । करिव ४ सय १७ रोपनीमा फैलिएको रंगशालामा एक दर्जन भन्दा वढी खेलकुदका पूर्वाधार निर्माण भइसकेका छन भने यहि आर्थिक वर्षमा हिटिङ स्विमिङ पुल, शुटिङ लगयातका पूर्वाधार निर्माण हुदैछन । अर्का तर्फ पोखरा रंगशालामा निर्माण भएको फुटबल रंगशालाको प्राकृतिक घाँसे मैदानलाई जोगाई राख्न समेत पानीको आवश्यकता रहेको छ ।

राखेपले करिव एक करोड लागतमा निर्माण गर्ने ओभरहेड ट्याङ्कले पोखरा रंगशालाको पानी व्यवस्थापन गर्न सहज हुने बताउँछन जिल्ला खेलकुदका प्रमुख प्रकाश बराल । उनले भने–“पोखरा रंगशाला यति बेला निर्माणको चरणमा छ कति बेला सोचे भन्दा वढी पानी चाहिन्छ भन्न सकिन्न”, उनले थपे–“पानी नै नभएको त होइन तर केवल व्यवस्थापनको उचित प्रवन्ध आवश्यक भने छ ।” प्राविधिक कारणले विग्रिएका कुराहरुलाई समयमा नै मर्मत गर्न सके पानीको अभाव टार्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close