
पोखरा स्पोर्टस । सहारा क्लव पोखराले हालै सम्पन्न २० औं संस्करण आहा रारा सफलता पूर्वक सम्पन्न गर्न सहयोगक गर्ने सवैमा धन्यवाद ज्ञापन गरेको छ ।
क्लवले एक विज्ञप्ती मार्फत कोभिड १९ का विच समेत अत्यन्तै कठिन समयमा प्रतियोगिता सफल बनाउने सवैमा धन्यवाद ज्ञापन गरेको हो । क्लवका महासचिव रामजी प्रसाद अधिकारी द्वारा हस्ताक्षरित विज्ञप्तीमा “खेलकुद को विकासमा सहकार्य गरौ पोखरा लाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ” भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखरा द्वारा आयोजित मोफसलको बहु प्रतिष्ठित रास्ट्रिय तथा अन्तरास्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औ सस्करण भव्य बनाउन सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन गरेको हो ।
कोभिड १९ को जटिल एवम विषम परिस्थितिमा २०औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७८ भब्य र सभ्य रुपमा सम्पन्न गर्न, मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.ली.रारा तयारि चाउचाउ, द्वितिय पुरस्कार प्रायोजक सहारा क्लब हंगकंग, प्रत्यक्ष प्रसारण पार्टनर, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजक सीताज लाइफको अप्रिला स्कुटर, सह–उप प्रायोजक मुल्बेरी इस्टीच्युट अफ हस्पिटालिटि, अफिसियल बैंक लुम्बिनी बिकास बैंक, अफिसियल इन्सुरेन्स पार्टनर प्रभु इन्सुरेन्स, फेयर प्ले पुरस्कार प्रायोजक बुलेट ट्रेडर्स प्रा.लि., स्पोर्ट्स वयर पार्टनर एक्स–टेप,अफिसियल एयर लाइन्स बुद्ध एयर, अफिसियल एजुकेसन पार्टनर हिमा अस एजुकेसन कन्सल्टेन्सी, हाई स्कोर पुरस्कार प्रायोजन सहारा क्लब हंगकंगका सल्लाहकार कानुन व्यवसायी देव गुरुङ, सहारा क्लब हंगकंगका सल्लाहकार एवम व्यवसायी गेरी गुरुङ, सर्वोत्कृष्ट रास्ट्रिय फुटबल खेलाडी प्रायोजन मानार्थ सदस्य खेम बहादुर गुरुङ, पोखरा महानगर पालिका लगायत सहयोगी सस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
गत माघ १५ देखि १६ गते सम्म सञ्चालन भएको २० औं संस्करणको आहा रारा गोल्डकपमा सशस्त्र प्रहरी एपिएफ क्लवले मनाङ मर्स्याङदीलाई टाइ व्रेकरमा पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
