
पोखरा, २ असार । नेपाली खेलकुदको छाता संस्था राष्ट्रिय खेलकुद परिषदको सफल कार्यकाल दाँज्ने हो भने शरद चन्द्र शाह पछि केशब विष्टको नाम आउँछ । आफ्नो चार वर्षे कार्यकालमा दुई–दुई वटा राष्ट्रिय खेलकुदको सफल आयोजना गरेर सदस्य सचिब विष्ट यहि असार ९ गते पद बाट बिदा लिंदैछन ।
सदस्य सचिब विष्टको कार्यकालमा खेलकुद गतिविधी मात्रै होइन खेलकुदका पूर्वाधारहरु निर्माणको देन पनि उत्तिकै छ । २०७२ सालको भुकम्पमा थला परेको खेलकुद पूर्वाधारलाई उकास्न र नयाँ ढङ बाट बिकास गर्न उनको भूमिका प्रशंसनिय रहेको छ ।
संघहरुलाई विवाद रहित ढङ बाट अघि बढाउन र केही न केही खेलगतिविधी बढाउन सदस्य सचिब विष्टले संधै प्रेरित गरि नै रहे । कुनै पनि खेलाडीको समस्यालाई आफ्नै समस्याको रुपमा बुझ्ने सदस्य सचिब विष्टले खेलाडीहरु को सामिप्यतालाई संधै कायमनै राखे । खेलकुदमा नयाँ खेलाडी उत्पादन हुनु पर्छ भन्ने दृढ इच्छा शक्ति लिएका उनले विविध खेलकुद कार्यक्रमहरु अघि सारे ।
खेलकुदको जग लाई तल्लो तह बाट माथी उठाउन राष्ट्रपती कप, उपराष्ट्रपती कप, प्रधानमन्त्रि कप, सभामुख कप जस्ता विविध कार्यक्रमहरु अघि सारेर वार्षिक रुपमा खेल गतिविधी अघि बढाउन भूमिका खेले । कुन जिल्ला र नगरमा कुन खेलकुद त्यसको आधारमा मापन गर्दै पूर्वाधार बिकास गर्न उनको देन महत्वपूर्ण रह्यो । त्यही त्रिचमा नेपालका मुख्य शहरहरुलाई खेलकुद शहरको रुपमा बिकास गर्न मात्रै नभई आवश्यक्ता अनुसारका खेलकुद पूर्वाधार बिकासलाई समेत अघि सारेका छन ।
सदस्य सचिब विष्टले नेपालको मुख्य खेल आधार हाई अल्टिच्यूड खेल क्षेत्र समेत हुन सक्ने र यसले खेल पर्यटनको सम्भावनालाई समेत टेवा दिन सक्ने भन्ने नयाँ अवधारणा अघि सारे । चार वर्षेको कार्य कार्यकालमा विष्टले गण्डकी प्रदेशको मनाङ मात्रै नभई अन्य हिमाली जिल्लाहरुमा समेत हाई अल्टिच्यूड खेल प्रशिक्षण केन्द्र लगाएत यसका सम्भावनाको खोजी र यसका लागि बजेटको व्यवस्था समेत गरे । उनको कार्यकालको यो एउटा खेल सम्भावनाको नयाँ अवधारणा थियो । जसका कारण नयाँ बजेटमा समेत यसका लागि बजेटको व्यबस्था भएको छ र पहाडी र हिमाली भेग छुने प्रदेश सरकारहरुले समेत यो अवधारणालाई अगाडी बढाएका छन ।
आफ्नो चार वर्षे कार्यकाल बारे कुरा गर्दै विष्टले आफ्नो कार्यकाल स्वर्णिम कार्यकाल भएको बताउँछन । उनी भन्छन–‘यो महशुस गर्ने कुरा हो ।’ स्वर्णिम यूग थियो वा थिएन यो सबैका सामु विष्टले भने जस्तै छर्लङ छ । आफुले बोलेको कुरालाई पुरा गराई छाड्ने हक्कि स्वभावले नेपाली खेलकुदमा नयाँ यूग स्थापित गर्न भने उनी सफल रहेको ठान्नु पर्छ ।
असार ९ गते उनी परिषद बाट बिदा लिइरहँदा फेरि विष्ट त्यही पदमा अशिन होलान त भन्ने प्रश्न यति बेल धेरैको मनमा उब्जिएको छ । खेलकुद अनुशासन र गतिशिलितको कडी हो । सदस्य सचिब विष्टले यो चार वर्षमा देखाएको त्यही कडी स्थापित गर्न भूमिका खेलेका छन । त्यही भएर पनि विष्ट फेरी पनि त्यो पदका हकदार हुन भन्नुमा कुनै संकोच मान्नु पर्दैन ।
विष्टलाई सदस्य सचिबको पदमा आशिन गराउन पर्छ भन्ने कुरा पनि उठीरहेको छ । किन भने नजिक आउँदै रहेको १३ औं दक्षिण एशियाली खेलकुदको अभिभारा पुरा गर्न पनि उनको आवश्यक्ता रहन्छ । जती सदस्य सचिब विष्टले सागको तयारीका लागि काम गरेका छन र बुझेका छन त्यो नयाँ आउनेलाई गाह«ो पर्छ नै । १३ औं सागको गहन जिम्मेवारी पुरा गर्न र भइरहेका खेलकुद संरचना पूर्वाधार बिकास पुरा गर्न थप कार्यकालका लागि विष्टको खाँचो पक्कै बढेको छ ।
