डिफेण्डिङ च्याम्पियन संकटालाई पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा

स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकले खेल हेर्न पाउने

पोखरा स्पोर्टस । डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिगलिडर समेत रहेको मच्छिन्द्र फुटबल क्लब २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्दै आफ्नो भेट एपिएफ क्लव संग पक्का गरेको छ ।

पोखरा रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा पहिलो हाफमा १–० को अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा गोलको वर्षा गर्दै सहजरुपमा अन्तिम चारमा आफूलाई सुरक्षित पार्दै जारी प्रतियोगितामा दुई खेल जितेको एपिएफ क्लव संग भेट पक्का गरेको हो । जीतका लागि विदेशी खेलाडी मेसुकी एटिग्नी ओलुमौले २, उत्सव राई र अभिशेक गुरुङले समान १–१ गोलको योगदान दिए । यत संकटाका लागि गणेश हमालले आफ्नो टिमका लागि सान्त्वना गोल फर्काए ।

दर्शकले खेल हेर्ने पाउने
आम पोखरेली दर्शकहरुको मागलाई मध्यनजर गर्दै सहाराले दर्शकहरुलाई खेल हेर्ने अवसर जुराउने भएको छ । सहाराले जनाए अनुसार दर्शकहरुलाई स्थानिय प्रशासनले लागु गरेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न दिने भएको हो । खेल हेर्न भने दर्शकले रु ३ सयको टिकट लिनु पर्नेछ । सहाराले ओमिक्रोनको प्रभाव बढे संगै स्थानिय प्रशासन संग समन्वय गर्दै विना दर्शक २० औं आहा रारा प्रतियोगिता सञ्चालन गर्दै आएको थियो । तर अन्तिम खेलहरु वाँकी रहेको बेला सहाराले दर्शकहरुलाई सिमित मात्रामा प्रवेश दिने भएको हो । दर्शकले माघ १२ गाते बुधवार हुने पहिलो सेमीफ़ाइनलबाट खेल  हेर्ने अवसर पाउनेछन ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलले प्यारापिटमा उपस्थित विच खेलको १३ औं मिनेटमै मच्छिन्द्रका तर्फबाट उत्सव राईले गोलको खाता खोलेका थिए । उत्सवको लामो प्रहार संकटका किपर राजुबावु थापा लाई विट गर्दै गोलमा परिणत भएको थियो । खेलको पहिलो हाफ १–० मै टुंगिएकोमा दोस्रो हाफ सुरुआतको २ मिनेटमै मच्छिन्द्रले गोलअन्तर दोब्बर पार्न सफल भयो । उसका लागि विदेशी खेलाडी मेसुकीले बललाई विपक्षी पोस्टको जालीमा चुमाउँदा गोलकिपर राजाबाबु यस पटक पनि विट हुन पुगे ।

खेलको ६३ औं मिनेटमा संकटाले गोल गर्दै खेलमा फर्कियो । जय गुरुङको स्थानमा ४६ औं मिनेटमा मैदान छिरेका गणेश हमालले हेडमार्फत गोल गरे । बराबरीमा फर्किने संकटाको प्रयासमा ७९ औं मिनेटमा अभिषेक रिजालको ठाउँमा मैदान छिरेका अभिषेक गुरुङ तगारो बने । उनले मैदान छिरेको ५ मिनेट नबित्दै खेलको ८४ औं मिनेटमा गोल गर्दै ३–१ को स्थितिमा पु¥याउँदै जीत सुनिश्चितता गरे । ८६ औं मिनेटमा विदेशी खेलाडी म्यान अफ दि म्याच समेत घोषित मेसुकीले व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गर्दै खेल टुंगाएका थिए ।

मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रि स्टार क्लबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । आर्मी र थ्रि स्टारको विजेताले दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लबसँग भेट सुनिश्चित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close