एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिए अध्यक्षमा उम्मेदवारी

एन्फामा विधीको शासनका लागि उम्मेदवारी–नेम्वाङ

पोखरा स्पोर्टस । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आगामी असार ६ गते हुने एन्फा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नेम्वाङले शुक्रबार एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । नेम्बाङको अध्यक्षताको दौडमा झापा फुटबल क्लबका अध्यक्ष भगीरथ आलेको प्रस्ताव र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले समर्थन गरेका छन् ।

‘चेन्ज एन्फा’ को नारा दिएर चार वर्ष अघि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा संगै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका नेम्वाङ केही वर्ष यता भने दुई विच दुरी बढ्दै गए संगै नेम्वाङको उम्मेदवारी आएको हो । उनले आफ्नो उम्मेदवारी एन्फा भित्रको सुशासन, पारदर्शिता र सचिवालयको चुस्त दुरुस्त हुनुपर्नेमा आफ्नो विगतकै अडान रहेको जनाउँदै भने–“हामीले चार वर्ष अघि जे नारा दिएर निर्वाचन जितेका थियौं त्यो लागु हुन सकेन । हामीले त्यसका लागि पटक–पटक आवाज उठायौं । केही समय देखि यता एन्फाका निर्णयमा समेत हामीले नोट अफ डिसेन्ट लेख्न वाध्य भयौं ।”

संस्थाको हकहितका बारेमा समेत सुनुवाई नहुने र एन्फा भित्र नियम मिच्ने कार्यशैली चलिरहेका कारण आफूले त्यसका विरुद्ध अध्यक्षमा उम्मेदवारी दिएको बताउँदै नेम्वाङले आफनो जितका लागि देशैभरका क्लव र प्रतिनिधीहरुको सदभाव प्राप्त भएको बताए । “एन्फा भित्र विधीको शासन र पारदर्शिता स्थापित गर्नका लागि देशैभरीका साथीहरुले समर्थन जनाउनु भएको छ । त्यसैले पनि मेरो जित सुनिश्चत छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close