सहारा एकेडेमीका पहिलो व्याचका ‘विष्णु’ राष्ट्रिय टोलीको सहायक प्रशिक्षक

पोखरा स्पोर्टस । केही दशक यता सहारा क्लव पोखराका गाथाहरु एक पछि अर्को गर्दै नेपाली फुटबलमा कोरिन थालेका छन् ।

ति मध्ये एक हुन् विष्णु गुरुङ । सहारा एकेडमीका पहिलो व्याचका उत्पादन । उनलाई यति बेला नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । सहारामा आवद्ध रहेका किरण श्रेष्ठ राष्ट्रिय टिमको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् । उनी सहाराका उत्पादन नभइ पनि कुनै बेला खेलाडीको रुपमा समेत हुनै बेला प्रशिक्षकको भुमिकामा रहेर पोखरेली फुटबलको छवीलाई तिर्खान व्यस्त छन् । किरण संगै विष्णु समेत त्यही स्थानको हिस्सा हुनु सहाराको मात्रै नभई समग्र पोखरेली फुटबल प्रेमीका लागि गौरवको विषय समेत हो ।

२०५८ सालमा शुरु भएको सहारा एकेडेमीबाट अनिल गुरुङले राष्ट्रिय टिमको कप्तानी समेत सम्हालि सके भने उनी संगैका व्याचका प्रल्हाद हिराचन यति बेला सहारा एकेडेमीको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । उनीहरु सबै २०५९ सालमा उत्पादन भएका खेलाडीहरु थिए । त्यतीबेला उनीहरुको प्रशिक्षक थिए स्व.विल तामाङ ।

सहारा एकेडेमीले एक पछि अर्को गर्दै सफलता हासिल गर्दै जानुमा सहारा क्लव पोखराको फुटबल विकास प्रतिको इमान्दारिता र पारदर्शिता नै हो । विष्णु त्यही आस्थाको केन्द्रबाट जन्मिएका एक खेलाडी थिए जसले राष्ट्रिय टिममा रहेर पोखरेली फुटबलको मोहलाई सिङ्गार्दै गए । यद्यपी केही समय आफ्नो जिविकोपार्जनका लागि अरु यूवा जस्तै विदेशिय पनि उनलाई त्यसले खासै प्रभाव पारेन । उनी स्वदेश फर्किए अनि फुटबलमा जमे । पछिल्लो समय राष्ट्रिय फुटसल लिगमा प्रशिक्षकको भूमिका निर्वाह गरे भने हाल संकटा क्लवको प्रशिक्षकको भूमिकामा समेत छन् । एफसी ‘ए’ लाइसेन्स प्राप्त विष्णु काठमाडौमा सञ्चालन भइरहेको शहिद स्मारक लिग चलिरहेको बेला टाई सुटमा खेलाडीलाई आफ्नो वक्सबाट निर्देशन दिंदा चर्चाको विषय समेत बने ।

सहारा एकेडेमीले यति बेला विपन्न तथा कठिन परिस्थितीमा रहेका नेपाली यूवाहरुलाई यति बेला खेलाडी उत्पादनको थलोको रुपमा विकास गरेको छ । नेपालकै नमुनाको रुपमा रहेको एकेडेमी सञ्चालन गर्न सहाराले २१ वर्ष अघि बाट शुरु गरेको गोल्डकप राष्ट्रै फुटबलका लागि अर्को आकर्षण समेत बनेको छ स्वदेश तथा विदशमा रहेका तमाम नेपालीहरुको फुटबलको आस्थाको केन्द्रको रुपमा विकास मात्रै भएको छैन धेरैको मेहनत र पसिना एकेडमीले सिंचित गरेको छ । पोखरेली फुटबल अहिले पनि मैदानमा अनिल, विष्णु, प्रल्हादहरुलाई खोजिरहेको छ । ति खेलाडीका रुपमा हुन् वा प्रशिक्षकको रुपमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close