
पोखरा स्पोर्टस । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले खेलकुदको क्षेत्रमा सहारा क्लब पोखराले गरेको योगदान प्रशंसनिय रहेको बताएका छन् ।
सहारा क्लब पोखरा र युकेको टोलीसंगको संयुक्त भेटका क्रममा प्रमुख गुरुङले युवाहरुको सहभागीतामा जनस्तरबाट नै आर्थिक संकलन गरेर खेलकुदको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरेका हुन् । सहारा क्लब पोखरा र युकेले खेल क्षेत्रमा गरेको उत्कृष्ट कार्यको जानकारी पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा क्लबको बिकासका लागी आफनो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्दै भने–“क्लबले खेलेको भुमीका गण्डकी प्रदेशका लागी नै गर्वको बिषय हो ।”
प्रदेश प्रमुख गुरुङले पुरानो सरकारले गरेको सहायोगलाइ निरन्तरता दिदै सहयोग क्षेत्रलाइ बढाएर यस्ता क्रियाशील संस्थाहरुलाइ प्रोसाहित गर्न सके अरुलाइ पनि प्रेरणाको श्रोत बन्न सक्ने समेत उल्लेख गरे ।
सहारा युकेका अध्यक्ष रि.ले.कुशाङ गुरुङ र सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङले युकेमा रहेर सहारा क्लब पोखराका कठिन दिनहरुमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै अहिले सहारा क्लब युकेले गरिरहेका गतिबिधीका बारेमा जानकारी दिए । उनीहरुले सहारा क्लव पोखराले अव सधै एकै ब्यक्ती संस्था संग हात फैलाएर मात्र क्लब सन्चालन गर्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्ने भन्दै अब यसमा प्रदेश सरकारले पनि दायीत्व लिनु पर्ने बताए ।
सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङले सहारा क्लब पोखराले गर्न लागेको २० औ आहा! रारा गोल्डकपका बारेमा जानकारी गराउँदै, हालको समय परिस्थितिले गर्दा नेपाल सरकारद्वारा जारी स्वास्थ्य मापढण्डलाई पालाना गर्दै कम दर्शक राखेर खेलाउनु पर्ने वाध्यता रहेकाले क्लबलाई प्रदेश सरकारबाट उचित सहयोग भइदिए खेल सन्चालनमा सहयोग हुने बताए ।
सहारा क्लब पोखराका पुर्व अध्यक्ष बिक्रम थकालीले कोभिड समस्याका कारण क्लबले सन्चालन गर्दै आएको सहारा एकेडमीलाइ निरन्तरता दिनै निकै कठीन बन्दै गएको उल्लेख गर्दै यसमा प्रदेश सरकारको प्रत्यक्ष सहयोगको अपेक्षा गरे । यहि माघ ६ गते देखि १६ गते सम्म पोखरा रंगशालामा हुने २० औ संस्करणको आहारारा गोल्डकपमा सहभागी हुन सहारा युकेको ५० जना बढीको टोली यति बेला पोखरामा रहेको छ ।
