सहाना प्रधान स्मृती राष्ट्रिय हक्कीमा गण्डकीले सहभागिता जनाउँदै

पोखरा स्पोर्टस । चौथो साहाना प्रधान स्मृती महिला राष्ट्रीय हक्की प्रतियोगीतामा गण्डकी प्रदेशले सहभागिता जनाउने भएको छ ।

यहि माघ ४ देखि ८ गते सम्म पर्साको विरगञ्जमा आयोजना हुने उक्त प्रतियोगितामा खेलाडी सहितको १४ सदस्यिय टोली त्यसतर्फ जान लागेको हो । प्रतियोगितामा नानु गुरुङ, समिक्षा पुन, कमला पुन, सबिना पुन, शिल्पा चौधरी र मनिला मगर रहेका छन् ।

त्यस्तै खेलाडीहरुमा नै सोनु बराल, पबित्रा गुरुङ, प्रेमा परियार, लक्ष्मी गुरुङ, पुजा पुन, प्रिति मगर, सुनिता मगर, सुमिना सुनार, सृजना नेपाली र मनिता मगर रहेका छन् भने टिम ब्यबस्थापकमा सुजन मगर तथा टिम कोचमा राजन नेपाली रहेको कास्की जिल्ला हक्की संघका सचिव वुद्धी बहादुर खत्रीले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close