नेपालको भलिबल विकासको म उच्च प्रशंसा गर्छु– अध्यक्ष लतिफ, काभा

पोखरा स्पोर्टस । साउथ एशिया सेन्ट्रल भलिबल संघ (काभा)का अध्यक्ष मोहमद लतिफले नेपालले भलिवल विकासको उच्च प्रशंसा गरेका छन् ।

पोखरामा भइरहेको टाइगर कप भलिवल प्रतियोगिता अवलोकनका लागि आएका अध्यक्ष लतिफले पत्रकारहरु संगको भेटघाटमा उक्त कुरा बताएका हुन् । उनले भने–“म यहाँको भलिव क्रेजको उच्च प्रशंसा गर्छु र संगै अव नेपालले पूर्वाधार विकासमा ध्यान पु¥याउन आवश्यक छ ।” उनले नेपालमा भलिवल प्रेमीहरुको चाख लाग्दो उपस्थिती संगै यहाँ हुने प्रतियोगिताले पनि अव नेपालले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयार रहनु पर्ने उनले उल्लेख गरे ।

पोखरा सुन्दर शहर रहेको र आफू जहिले पनि पोखरा आउन इच्छुक रहेको बेला नेपाल भलिवल संघले गरेको निम्तोमा पोखरा आएको जानकारी गराउँदै अध्यक्ष लतिफले पोखराको प्राकृतिक सौन्दर्यता संगै यहाँ विच भलिवलको समेत सम्भावना रहेको बताउँदै भने–“यदि यहाँ अन्तर्राष्ट्रियस्तरको विच भलिवलको पूर्वाधार निर्माण हुन्छ भने साउथ एशियन जोनको भलिवल प्रतियोगिता आयोजनाका लागि सहयोग गर्न तयार छु ।”

बंगालादेशमा हालै सम्पन्न साउथ एशियन सेन्ट्रल भलिवलमा नेपाली टिम च्याम्पियन बन्न सफल भएकोमा बधाई ज्ञापन गर्दै अध्यक्ष लतिफले नेपालको भलिवल विकासको गतिलाई निरन्तर रुपमा राखी राख्नुपर्नेमा जोड दिए । खेलाडीहरुको आत्म सम्मान र उनीहरुको खेलप्रतीको लगावलाई जिवन्त बनाई राख्न राज्यस्तरबाट सहयोगको खाँचो समेत रहेको औल्याए । उनले पोखरामा जारी टाइगर कप भलिवल चयम्पियनसिपको समेत प्रशंसा गर्दै सो अवसरमा आफ्नो तर्फबाट केही खेल सामाग्री हस्तान्तरण गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै नेपाल भलिवल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपालको भलिबल खेल खेलमा मात्रै सिमित नभई संस्कृती र प्रकृती संग समेत जोडिएको बताए । उनले नेपालको भलिवल खेल विकासमा के कसरी अगाडी बढेको छ भनेर दखाउन पनि अध्यक्ष लतिफलाई पोखरामा निमन्त्रणा गरेको बताउँदै नेपालको भलिवल खेलको विकासक्रमलाई अव अन्तर्राष्ट्रियकरण गर्नेतर्फ संघले आफ्ना कार्यक्रम अघि सार्ने बताए । उनले भने–“हामीले निकै मेहनत गरेका छौं, तर त्यो हामीमा मात्रै सिमित भयो अव यसलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक संगै यहाँको भलिबललाई विश्वमा चिनाउन अपरहिार्य भएको छ ।”

नेपाल भलिवल संघका अध्यक्ष मनोरंजनरमण शर्माले काभाका अध्यक्ष लतिफलाई नेपालमा स्वागत गर्न निकै खुसी लागेको जनाउँदै आगामी दिनमा काभा संग मिलेर नेपालको भलिवल विकासका लागि कार्य गर्ने बताए । कार्यक्रममा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र सदस्य डिवी नेपालीले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close