
पोखरा स्पोर्टस । पोखरामा जारी आइटिएफ जे ३० सर्किट २ मा नेपाली खेलाडीहरुको चुनौती समाप्त भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा क्वार्टर फाइनल सिंगल्समा एक मात्र नेपाली खेलाडी राजविर प्रधान पराजित भए पछि चुनौती सकिएको हो । उनी सिड ८ का जापानी खेलाडी रिकु हिगाशी संग टाइव्रेकमा पराजित भए । पहिलो सेट ४–६ ले हिगाशीलाई सुम्पिएका दोश्रो सेट ७–६ (५) ले गुमाउन पुगे ।
यस्तै ब्वाइज सिगल्समा अमेरिकाका सिड २ का खेलाडी आरभ सम्राट हाडाले भारतका सिड ६ का दक्ष कुकरेतीलाई ६–२, ६–३ को सोझो सेटमा पाखा लगाए भने भारतका जेसोन डेभिडले भारतकै आहिल आयाजलाई ४–६, ६–३ र ६–४ ले तथा ब्वाइजतर्फ नै सिड नं १ एलेक्सी शिवाएभले भारतका सिड नं ५ का खेलाडी प्रवेश मुकेश चावडलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरे ।
गर्ल्स सिगल्समा भारतका आर्जन खोराकिवालाले भारतका इशी महेश्वरीलाई ६–३, ५–७ र ७–६(४) ले, भारतकी आन्भी पुनागान्तीले आफ्नै देशकी सताक्षी चौधरीलाई ६–१, ६–० को सोझो सेटमा पाखा लगाउँदा भारतकी भमिका शर्माले सोही देशकी मन्डागला प्रिन्सीलाई ६–४, ७–६(३) टाइ व्रेकरमा पराजित गरिन् ।
त्यसै गरी ब्वाइज र गर्ल्स तर्फ क्वाटर फाइनलका खेलहहरु सम्पन्न भएका छन् । ब्वाइज डवल्समा अमेरिकाका आरभ सम्राट हाडा र उनको जोडी जापनका रिकु हिगाशी तथा भारतिय खेलाडी जोडी ओजास मेहलवात र अधिराज ठाकुरको जोडी फाइनलमा प्रवेश गरेको छ भने त्यस्तै गर्ल्सतर्फ भारतिय जोडी भेनेला रेड्डी र शायवी गौरव दलाल तथा जापानकी उता आशुकरा र भारतकी इशी महेश्वरीको जोडी उपाधि नजिक पुगेको छ ।
पोखरामा जारी आइटिएफ जे ३० सर्किट २ शनिबार सम्पन्न हुनेछ ।
