आसामले नेपाल ए लाई दियो १९१ रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।  भारतको आसाम राज्य टिमले नेपाल ए लाई १९१ रनको लक्ष्य दिएको छ । 

भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाएको हो ।

आसामले राम्रो सुरुवात गरेपनि बिचको ओभरमा नेपालले खेलमा नियन्त्रण बनाउदै आसामलाई आक्रामक ब्याटिंग गर्न रोकेको थियो ।

तर अन्तिम २ ओभरमा आसामका आकाश सेनगुप्ता र अभिनव चौधरीले ५१ रन बनाएपछि १९० रनको टोटल बनाएको थियो ।

त्यस्तै नेपालका लागि बलर आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close