बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको तयारी सकियो

पोखरा स्पोर्टस । “स्वास्थ्यको लागि एक घण्टा व्ययाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ आयोजना हुने बगर भाई खलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा सञ्चालन हुने “पाँचौ स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं वगर भाई खलक एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” यहि पुष २६ गतेबाट माघ १ गते सम्म पोखराको ऐतिहासिक टुँडिखेल मैदानमा सञ्चालन हुने लागको हो । ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको उक्त प्रतियोगितामा २६ टिमको सहभागिता हुने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् ।

उद्घाटन कार्यक्रममा महेश गुरुङलाई सम्मान गरिने
पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई उद्घाटन कार्यक्रममा सम्मान गर्ने भएको छ । संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी एवम शिक्षाविद महेश गुरुङलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने भएको अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

भेट्रानहरुको संस्थागत रुपमा नेपाल मै पहिलो पटक शुरु भएको उक्त प्रतियोगितामा काठमाण्डौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिमहरुको सहभागिता हुने छ । प्रतियोगीतामा उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइलन पुग्ने दुइ टिमलाई जनही नगद १० हजार उपलव्ध गराईनेछ । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिनेछ । अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संचालन गर्न रु. २० लाख खर्च लाग्ने अनुमान गरीएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिव याम बहादुर गुरुङले जनाएका छन् । बिगत वर्षमा झैं यस बर्ष पनि सहारा युकेले द्वितिय पुरस्कार रु ७५ हजार ५ सय ५५ प्रायोजन गर्नेछ ।

प्रतियोगितालाई खेलकर्मी स्व.रन्जित गुरुङको परिवारले सातौं संस्करण देखि निरन्तर मुख्य प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै वगर भाइ खलक युकेबाट हामीलाई अति आकर्षक र स्तरिय मेडल र ट्रफीहरु निरन्तर सौजन्य समेत गरेको आयोजकले जनाएको छ । साथै प्रतियोगितालाई युवा तथा खेलकूद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकूद परिषद गण्डकी सह–प्रायोजकको भूमिकामा रहनेछन् । यसै गरी विशेष सहयोगीको रुपमा पोखरा महानगरपालिका, भेट्रान ग्रुप हङ्गकङ्ग, अखिल नेपाल पूmटवल संघ, वगर भाइ खलक जापान, पोखरा महानगरपालिका वडा नं. १ को कार्यालय र सहारा युके रहने आयोजकले जनाएको छ ।

१० औं संस्करणको उपाधि मिया सान मिया एफसी वार्यन फेन क्लब नेपाल, काठमाण्डौले जितेको थियो ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, संस्थाका प्रमुख सल्लाहकार दिनेश कुमार श्रेष्ठ र सल्लाहकार द्वय जयराम हमालको समेत उपस्थित रहेको थियो ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close