एपिएफलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधी

पोखरा, ११ असार । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

बुधबार बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपिएफले सो उपाधी जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल सुदूरपश्चिम प्रदेशलाई  ७१ रनमा समेटेको थियो ।

उपाधी विजेता एपिएफले नगद ४ लाख रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता रहेको सुदुर पश्चिमले नगद २ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

७२ रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो । सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सित अङ् बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा पुगेको थियो ।

बिजेता टिम तथा खेलाडीलाई खानेपानी तथा सरसफाइ मन्त्रि बिना मगरले नगद, कप मेडल र प्रमाणपत्र वितरण गरेकी थिइन ।  प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी आठ टोली सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close