
पोखरा स्पोर्टस । राष्ट्रिय फुटसल टिमका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।
किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने एएफसी फुटसल एसियन कप छनोटमा सहाभागि हुन वन्द प्रशिक्षणका लागि प्रशिक्षक गौरव बस्नेतले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् । प्रतियोगिताको ड्र भने यहि जनवरी ६ तारिखमा हुनेछ ।
प्रशिक्षक बस्नेतले सेप्टेम्बर १८ देखि अक्टोबर ८, २०२१ सम्म पोखरामा भएको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा खेलेका खेलाडीलाई छनोट गरेका छन् । प्रदेशस्तरिय छनोट चरणमा भाग लिएका खेलाडीलाई पनि राष्ट्रिय टोलीमा बोलाइएको एन्फाले जनाएको छ । बन्द प्रशिक्षण आगामी जनवरी ७ बाट काठमाडौंमा सुरु हुनेछ । टोलीले काठमाडौंमा प्रारम्भिक छनोट चरण पूरा गरेपछि पोखरामा प्रशिक्षण गर्नेछ ।
बन्द प्रशिक्षणका लागि वोलाइएका खेलाडीमा
गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जीव तामाङ, सुमितकुमार आले
फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ
पिभोटः अविनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोश मास्के, सुसन श्रेष्ठ
अलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मणिकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा रहेका छन् ।
