
पोखरा स्पोर्टस । अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेलामा भलिबल तर्फको उपाधिका लागि सीवाईसी घुर्जुङ र जनउत्थान क्लब भिड्ने भएका छन् ।
बिहिबार भएको सेमीफाईनल खेलमा सीवाईसीले एमवाईसी तल्लोगाउँलाई २३–२५, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । यसैगरी अर्काे सेमिफाईनल खेलमा जनउत्थान क्लबले योङ स्टार क्लबलाई २५–२३ र २५–२२ को सोझो सेटमा हराउदै फाईनलमा पुगेको मेला संयोजक राम गुरुङले जानकारी दिए ।
जनउत्थान र सीवाईसी बिचको फाईनल खेल शुक्रबार हुनेछ ।
भलिबलतर्फ तेस्रो स्थान मिलन युवा क्लबले तेस्रो स्थान हाँसिल गरेको छ । मत्क्यू गाईजलाई २५–२३ र २५–२२ को सोेझो सेटले पराजित गर्दै मिलन युवा क्लब याङजाकोटले तेस्रो स्थानको प्राप्त गरेको हो ।
यसैगरि बास्केटबल तर्फ माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ र मिलन युवा क्लब याङ्जाकोट बिच शुक्रबार नै फाईनल खेल हुनेछ । तेस्रो स्थानका लागि भने सीवाईसी र एमवाईसी घयागोथर बिच प्रतिस्पर्धा हुनेछ ।
दुवै तर्फको प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्नेछन् भने द्वित्तिय र तृतीय स्थान हाँसिल गर्ने टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश १५ र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
