सुटिङ १० मिटरतर्फ गण्डकीका बिजय अघि

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत काठमाडौंमा जारी पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा गण्डकीका बिजय कार्की अघि छन् ।

पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा गण्डकीका विजय कार्कीले ५५६ अंक जोड्दै आफ्ना प्रतिष्पर्धीलाई उछिनेका हुन् । सोही स्पर्धामा बागमतीका विपेश खड्काले ५५२ र आर्मीका विष्णु दिस्वा मगरले ५३८ अंक बटुले ।

सोही स्पर्धाको महिलामा गण्डकीकी श्रेया केसीले ५३२, आर्मीकी राधिका घर्तीले ५३१ र प्रहरीकी दुर्गा सिन्जालीले ५२४ अंक जोडे ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङ प्रतियोगिताको तेश्रो दिन आइतबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा बागमतीका हरिबहादुर थापाले ५९०.७ अंक जोडेका छन् । सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले ।

उक्त स्पर्धाको महिलामा आर्मीकी राधा गुरुङले ६०५.४, प्रहरीकी अस्मिता राईले ५९४.१ र बागमतीकी आयुष्मा कसी ले ५८४.३ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close