फुल कन्ट्याक्ट करातेमा गण्डकी ४ स्वर्ण सहित टिम च्याम्पियन, ३ रजत र २ काश्य पनि जित्यो

केशब पाठक,
पोखरा, ४ बैशाख । प्रदेश ५ स्थित नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फुल कन्ट्याक्ट करातेमा ४ स्वर्ण, ३ रजत र २ काश्य सहित गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । जारी खेलमा पहिलो खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको हो ।

सम्पन्न प्रतियोगिता गण्डकी प्रदेश बाट खुल्ला तर्फ रुपक नेपालीले स्वर्ण पदक जितेका छन । फाइनल खेलमा रुपकले प्रदेश १ का बिनोद निरौलालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन । फाइनल खेलमा प्रदेश १ का निरौलाले रुपकको उत्कृष्ट खेल पर्दशन देखे पछि वाक ओभर दिएको प्रशिक्षक शुबास खडकाले बताए । उनले फाइनलमा प्रवेश गर्नु अघि नेपाली सेनाका शनी सिंह सुनारलाई पराजित गरेका थिए ।

उनको उत्कृष्ट खेल बाट प्रभावित भएर निर्णायक सुरेन डंगोलले ११ हजार नगद रुपकलाई प्रदान गरेका थिए । रुपकले स्वर्ण पदक जित्नेमा उनका प्रमुख प्रशिक्षक शिब गुरुङ समेत ढुक्क थिए । उनले भने–‘रुपकले निकै उत्कृष्ट खेल पर्दशन गरेर सबैको मन जितेको छ ।’ प्रशिक्षक गुरुङले आफूले सोचे जस्तै गरि सबै खेलाडीले खेलेर नै टिम च्याम्पियन बन्न सकेको बताए । गुरुङ लामो समय देखि स्वयसेबी प्रशिक्षकको रुपमा कार्यरत छन ।

त्यसै गरि ५० केजी तौल तर्फ एपिएफ क्लबका सञ्जय राईलाई रोमन सिंजालीले पराजित गर्दै स्वर्ण हात पारे भने ६५ केजी तौलमा गोबिन्द रोक्काले प्रदेश ५ का थम प्रकाश खडकालाई पाखा लगाउँदै स्वर्ण पदक हात पारे ।

यता महिला तर्फ ५० केजी तौल तर्फ नेपाली सेना त्रिभुबन क्लबकी शान्ती थापा मगरलाई पराजित गर्दै यूनिका शेरचनले स्वर्ण पदक जितेकी छन । ५५ केजी तौलमा जिबन गुरुङ, ४५ केजी तौल तर्फ सरगम कुमाल र ५५ केजी तौलमा प्रिज्मा कुवंरले रजत पदक हात पारेका हुन ।

महिलाको खुल्ला तर्फ शुष्मी श्रेष्ठले काश्य पदक हात पारिन भने पुरुष तर्फ ४५ केजी तौलमा मदन थापाले काश्य पदक जिते । प्रतियोगितामा कुल १० स्वर्णमा गण्डकीले ४ स्वर्ण जितेको हो । गण्डकी प्रदेशबाट फुल कन्ट्यकाट करातेमा ६ पुरुष र ४ महिला गरि १० जना खेलाडी सहभागी भएका थिए ।

फुल कन्ट्याक्ट करातेमा ४ स्वर्ण र स्कावश खेलमा २ गरि अहिले सम्म गण्डकीले ६ स्वर्ण जितेको छ । टिम च्याम्पियन भए पछि खुसी हुँदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष एवम गण्डकी प्रदेश सेफ दि मिसन सम्पन्न श्रेष्ठले सम्पूर्ण खेलाडीलाई बधाई दिएका छन । उनले खेलाडीको मेहनत, लगनशिलता र अनुशासनले पदक जित्न सफल भएको बताए । अध्यक्ष श्रेष्ठ अन्य खेलमा पनि खेलाडीले गण्डकी प्रदेशका लागि उत्कृष्ट खेल्ने अपेक्षा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close