
केशब पाठक/ तस्बिर:सुदर्शन रंजित
पोखरा, २८ बैशाख । भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
साधारण सभालाई उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने भए पनि त्यसको सहि सदुपयोग हुन नसकेको बताएका छन ।

खेलकुदको बजेटको आकार हेर्ने हो भने त्यो अन्य बिकसित मुलुकको भन्दा कम नरहेको तर्फ ईंगित गर्दै मन्त्रि गुरुङले भने ‘बिकसित मुलुकका सरकारहरुले खेलक्षेत्रलाई छुट्टायाउने बजेटको आकार र हाम्रो जस्तो सानो मुलुकले छुट्टाएको बजेटको तुलना गर्ने हो भने पनि बजेट सानो हो भन्न मिल्दैन’ उनले प्रतिप्रश्न गर्दै भने–‘हामीले छुट्टाएको बजेट कहाँ सदुपयोग भएको छ त ? परिषदको भारि भर्कम संरचना भित्र खर्च भयोकी, तलबमा खर्च भयो वा खेलाडीले पाए ? त्यो सोच्ने बेला आएको छ र बुझ्न आवश्यक छ ।’

खेल क्षेत्रको बिकासका लागि अन्य देशको सहयोग पनि जारी रहेको बताउँदै मन्त्रि गुरुङले बजेटलाई सहि ठाउँमा प्रयोग गर्नु पर्ने कुरामा समेत जोड दिए । उनले प्रदेश सरकारले गण्डकी प्रदेशमा खेलकुद बिकासका लागि स्पोर्टस् एकेडेमीको संरचना सहित अगाडी बढ्ने सोच बनाएकोले सोही अनुरुप अगाडी बढ्ने बताउँदै भने–‘हामी स्र्पोट्स एकेडेमी भित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न गइरहेका छौं र त्यसका लागि उपयूक्त ठाउँको खोजी भइरहेको छ ।’

मन्त्रि गुरुङले एक प्रसङमा खेलकुद बिकासका लागि ठोस योजना नबनेको भए पनि, प्रदेश सरकार यसका लागि सबैको साथ र सहयोग तथा सल्लाहले नै उपयूक्त योजनाका साथ अगाडी बढने बताए । उनले कार्यक्रमका सहभागीहरुलाई पनि कुनै त्यस्तो योजना भए सुझाबहरु दिन पनि आग्रह गरे ।
सो अबसरमा मन्त्रि गुरुङले गत चैतमा सम्पन्न यूथ एशियन गेम्समा ३००० मिटर दौडमा नेपालका लागि स्वर्ण पदक बिजेता अजित कुमार यादवलाई मंचका तर्फ बाट नगद १० हजार सहित सम्मान गरेका छन । सोही कार्यक्रममा शिक्षाविद जोर्ज जोनलाई पनि खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै मंचले सम्मान गरेको छ भने पोखराको खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै स्व.अजित कुमार शेरचनलाई मरोणोपरान्त सम्मान गरिएको छ ।

उनीहरुलाई मन्त्रि गुरुङ, प्रदेश सांसद इन्द्रधारा विष्ट राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ लगाएतले सम्मान गरेका थिए । सोही कार्यक्रममा परिषद सदस्य गुरुङले धावक अजितलाई मदन भण्डारी स्पोर्टस् एकेडमीका तर्फ बाट नगद १० हजार प्रदान गरेका छन ।
पोखरा म्याराथनका लागि हङकङ बाशी नेपालीहरुहरु बाट संकलित रकमको बचत रकम मध्येको रकम बैंक बाट प्राप्त ब्याजले प्रत्येक बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पदक बिजेता खेलाडीलाई सम्मान गर्ने मंचले जनाएको छ ।
कार्यक्रममा परिषद सदस्य गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुदका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले प्रदेशको खेलकुदको आफ्नै पहिचान भएकोले पनि यसमा लगानी गरि खेलकुद पूर्वाधारका लागि विशेष जोड दिनु पर्ने उल्लेख गरे । उनले खेलकुद भित्र रहेको राजनिती र भ्रष्टाचार नियन्त्रण गर्न सके खेलकुदले फड्को मार्न सक्ने बताए ।

भूतपूर्व खेलाडी मंचका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सम्माननित व्यक्तित्व जोर्ज जोन, मंचका सल्लाहकार अशोक पालिखे, संस्थापक अध्यक्ष खड्ग रानाभाट, उपाध्यक्ष दिल बहादुर गुरुङ, सचिब कृष्ण तिमिल्सिना लगाएतले बोलेका थिए ।
साधारण सभामा मंचमा आवद्ध भएका सात जनालाई आजिबन सदस्यलाई मन्त्रि गुरुङले अजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । सभामा मंचका महासचिब खेम गुरुङ र कोषाध्यक्ष मंजुलमान श्रेष्ठले दुई छुट्टा–छ्ुट्टै प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यसै विच मंचले आगामी संस्करणको १४ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरुस्कारको राशीमा वृद्धी गर्ने जनाएको छ । प्रदेश सरकार र पोखरा महानगरको सल्लाहामा पोखरा म्याराथनको प्रथमलाई नगद ५ लाख, दोश्रोलाई २ र तेश्रो हुनेलाई १ लाख पुर्याइने मंचका अध्यक्ष तेज गुरुङले प्रस्ताव गरेका छन । त्यसै गरि मंचले ओलम्पिक डेका अबसरमा मे २३ मा पोखरामा परम्परागत खेल ठेलो प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।






Minister for Economic affairs and planning Gandaki Province, Kiran Gurung, Speaking at 10th General Meeting of Ex-Sportsman Forum, Nepal
Posted by PokharaSports.com on Saturday, May 11, 2019
