पोखरा ओपन तथा भेट्रान्स टेनिस : कमल थापाको दोहोरो जित (दोश्रो दिन)

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका छन् ।

थापाले ५५ वर्ष माथिको सिंगल्स र डबल्सका दुवै इभेण्टमा जित हासिल गरेका हुन् । सिंगल्सतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथी ६–४, ६–० को सहज जित निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले बिदुर बिष्ट र काजी गुरुङ्गको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।

प्रतियोगिता अन्तर्गत सोमबार भएका अन्य खेलहरुमा मेन्स ओपनतर्फ नेपालका शिर्ष वरियता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६–१, ६–२ ले, विष्णु नेपालीले गौरब प्रताप शाहलाई ६–१, ६–३ ले, नेहाल जंगबहादुर थापाले प्रमोद बहादुर थापालाई ६–०, ६–० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६–०, ६–० ले, अकी जुवेन रावतले सौगात विकलाई ६–०, ७–६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६–०, ६–२ ले पराजित गरे ।

त्यस्तै ओमेन्स सिंगल्सतर्फ सलोनी तामाङ्गले रायना शाहलाई ६–४, ६–३ ले, शर्भानी श्रेष्ठले प्रकृती श्रेष्ठलाई ६–२ ६–० ले, भगवती विकले श्रेया भट्टराईलाई ६–३, ६–३ ले तथा गंगा शर्माले सुभांङ्गी लक्ष्मी शाहलाई ६–१, ६–३ ले पराजित गरिन् ।

३५ वर्ष माथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३–६, ६–३ र सुपरटाईमा १०–६ ले, दावा शेर्पाले विकास गुरुङ्गलाई ६–०, ६–१ ले, सञ्जय कुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६–४, ६–१ ले, भिष्म गुरुङ्गले सबर मियालाई ६–०, ६–० ले, नविन श्रेष्ठले सोम मगरलाई ७–६, ६–२ ले, निरज थापाले मदन थापालाई ६–१, ६–१ ले, सिमान्त गुरुङ्गले लक्ष्मण तामाङ्गलाई ६–७, ६–३ र सुपरटाईमा १०–१ को जित निकाले ।

४५ वर्ष माथिको एकलमा चन्द्र शाहीले सुकमान तामाङ्गलाई ६–२, ६–० ले, धरमसिंह लामिछानेले यज्ञबहादुर भण्डारीलाई ६–३, ६–२ ले, उत्तम लामाले रोहित सुनुवारलाई ६–४, ६–३ ले, उत्तम बोगटीले सुक्र शेरचनलाई ६–१, ६–० ले, विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६–३, ३–६ र सुपरटाईमा १०–७ ले, शिव सेढाईले मनोज श्रेष्ठलाई ६–१, ६–० ले तथा हुम आलेले विकास गुरुङ्गलाई ३–६, ६–३ र सुपरटाईमा १०–७ ले तथा विमल गुरुङ्गले शरण गुरुङ्गलाई ६–१, ६–० ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको डवल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रकास वाङगेल र इन्द्र गुरुङ्गलाई ६–२, ६–२ ले, सिमान्त गुरुङ्ग र भिष्म गुरुङ्गको जोडीले निरज थापा र विकास गुरुङ्गलाई ६–२, ७–५ ले, राजन पौडेले र नविन श्रेष्ठको जोडीले सुकमान तामाङ्ग र दुर्गा केसीलाई ४–६, ६–४ र सुपरटाईमा १०–६ ले पराजित गरे ।

प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको डवल्समा नविन चालिसे र बिरेन्द्र लामाको जोडीले पदम गुरुङ्ग र राजकुमार घिमिरेको जोडीलाई प्रतिस्प्रधात्मक खेलमा ६–४, ५–७ र सुपरटाईमा १०–४ ले पराजित गरे । निरेश श्रेष्ठ र गोपालदास मानन्धरको जोडीले केवी थापा र अमृत कार्कीको जोडीलाई ६–४, ४–६ र सुपरटाईमा पराजित गरे । ५५ वर्ष माथिको डवल्समा मनोज राणा र राम रानाको जोडीले विष्णु गुरुङ्ग र शान्ता श्रेष्ठको जोडीलाई सहज जित निकाल्न सफल भए । प्रतियोगिता अन्तर्गत मंगलबार पनि विभिन्न उमेर समुहमा प्रतिस्पर्धा हुने टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close