
पोखरा स्पोर्टस । लामाचौर कप राष्ट्रिय भलिबल अन्तर्गत सोमबार भएको एक सनसनीपूर्ण खेलमा आर्मीलाई गण्डकीले हराएको छ ।
जारी प्रतियोगितामा गण्डकीले आर्मीलाई ३–२ सेटले पराजित गरेको हो । लाइट प्रोटेष्टका कारण हिजो साँझ रोकिएको खेलमा आर्मीले पहिलो सेट २५–१९ ले जितेर दवावमा राख्ने प्रयास गरेको भए पनि दोश्रो सेटमा गण्डकी खेलमा २५–१५ ले दोश्रो सेट जित्दै आर्मीलाई चुनौती दिएको थियो ।
आर्मीले तेश्रो सेट २५–२० ले जित निकाल्दै गण्डकीलाई पुनः दवावमा राखेको थियो । तर गण्डकीले आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै चौथो र पाँचौ सेट लगातार जित्दै आर्मीलाई पराजित गर्न सफल रह्यो । गण्डकीले चौथो सेट २५–२३ र पाँचौ तथा अन्तिम सेट १७–१५ ले जितेको थियो ।
