आइओएफटीसीको सहयोग सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई

पोखरा स्पोर्टस । अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ ।

आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ रहेको जानकारी दिए ।

यसैगरी, आइओएफटिसीले म्युजिक हाउस, कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाकाली अनाथ असहाय भोजन गृहलाई १५ हजार रुपियाँ प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले १२ डोजाङ र म्युजिक हाउसका प्रतिनिधिलाई खेल सामाग्री र सहयोग रकम हस्तान्तरण गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close