नेपालकै जेठो र सर्वाधिक धनराशीको माछापुच्छ्रे टेनिस प्रतियोगिताको तयारी पुरा

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने टेनिस खेल मध्येको एक नेपालकै जेठो तथा सर्वाधिक धनराशीको  ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता’को तयारी पुरा भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा यहि पुष ११ देखि १८ औं प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको हो । संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको छ । विभिन्न ११ वटा इभेण्टमा हुने प्रतियोगितामा मेन्स तथा ओमेन्स सिंगलतर्फबाट विजेता खेलाडीले नगद ८०/८० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने सो अवसरमा जानकारी दिइयो । दुवै स्पर्धामा उप–विजेता खेलाडीले नगद ४०/४० हजार तथा सेमिफाइनलिष्टले १०/१० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक नविन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मेन्स तथा ओमेन्स डवल्सतर्फ विजेताले नगद ३० हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफि तथा सेमिफाइनलष्टिले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

३५ वर्ष माथिको सिंगल्स विजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिष्टले नगद १० हजार सहितको पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्ष माथिको डवल्स विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफि तथा सेमिफाइनलिष्टले १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

४५ वर्ष माथिको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार सहित ट्रफि तथा सेमिफाइनलिष्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् भने ४५ वर्ष माथिको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफि तथा सेमिफाइनलिष्टले ५/५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै ५५ वर्ष माथिको सिंगल्स विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिष्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् । सोहि उमेर समुहको डवल्स विजेताले नगद २० हजार, उपविजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिष्टले नगद ५/५ हजार पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ६५ वर्ष माथिको सिंगल्स विजेताले नगद १५ हजार तथा उपविजेताले नगद १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने संयोजक चालिसेले बताए ।

प्रतियोगितामा पोखरा सहित काठमाण्डौ, भक्तपुर, हेटौडा, बुटवल, बाग्लुङ्ग लगायत फरक फरक जिल्लाबाट झण्डै १ सय ३० खेलाडीले भाग लिने टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी गराए । मेन्स सिंगलतर्फ १२ जना, उमन्स सिंगलतर्फ ७ जना, ३५ वर्ष माथिको सिंगल्सतर्फ २१ जना तथा डवल्सतर्फ १३ टिम, ४५ वर्ष माथिको सिंगल्सतर्फ ३२ जना तथा डवल्सफर्त २१ टिम, ५५ वर्ष माथिको एकलमा १५ जना तथा डवल्समा १३ टिम, ६५ वर्ष माथिको सिंगल्समा ८ जनाले भाग लिने पौडेलको भनाई छ ।

माछापुच्छ्रे बैक मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न झण्डै साढे १३ लाख खर्च लाग्ने र त्यतिनै बचत हुने अनुमान रहेको आयोजक संघका कोषाध्यक्ष अनुज बाँस्तोलाले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष लोक गुरुङ्ग, सचिव नविन श्रेष्ठ लगायतले प्रतियोगिताका बारेमा जानकारी जानकारी गराउँदै प्रतियोगितालाई सफल बनाउन सवैसंग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close