हिसान स्पोर्टस मिट पोखरामा शुरु, मन्त्री गुरुङले गरे उद्घाटन (फोटो फिचर)

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट शुरु भएको छ ।

“स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको एक भव्य कार्यक्रमका विच गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका छन् । यहि पौष ८ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रतियोगिताले यूवा खेलाडीको उत्पादनमा टेवा पुग्ने बताए ।

प्रदेशको खेलकुद विकासका लागि हिसान संग सहकार्य गरेर अघि बढ्ने बताउँदै सदस्य सचिव गुरुङले खेलकुदका माध्यमबाट दिगो विकास लक्ष्य हासिल गर्ने संगै आर्थिक लक्ष्य प्राप्तीका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड् दिए । उनले भने–“समाजमा शान्ती स्थापनका लागि वा आर्थिक उन्न्ती, विभेद हटाउन होस वा हिंसाको अन्त्य खेलकुदको विकास अपरिहार्य छ ।”

द्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै प्रतियोगिताका संयोजक डा. रामजी शर्माले हिसान स्पोर्टस मिटले राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने–“नेपालका ७७ वटा जिल्ला मध्ये हिसान कास्कीले आफ्नो स्पोर्टस मिट कार्यक्रमलाई निरन्तरता दिएको छ यो संस्करण सम्म आइपुग्दा धेरै खेलाडीको उदय भएको छ ।” शिक्षा संगै खेलकुदको माध्यमबाट स्वस्थ्य, सवल, सक्षम र गतिशिल समाजको निर्माणका लागि हिसान स्पोर्टस मिट अघि बढेको बताउँदै उनले यस प्रतियोगिताले समग्र खेलकुद विकासमा टेवा पुगेको बताए ।

हिसान कास्कीका अध्यक्ष याम बहादुर रोकाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णु नारायण श्रेष्ठ, हिसानका उपाध्यक्ष दिवाकर जैशी, सचिव ढाकाराम कंडेल लगायतले वृहत रुपमा आयोजना गरिएको हिसान स्पोर्टस मिटले विद्यार्थीहरुमा अध्ययन संगै खेलकुदको सहभागिताले सक्षम र गतिशिल नागरिक उत्पादनमा भूमिका खेल्ने बताए ।

१४ औं संस्करणको स्पोर्टस मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबलका गरी ४ खेलका १४ इभेन्टमा ३ हजार विद्यार्थीहरुले सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेका विविध कार्यक्रम अन्तर्गत विजयी वन्न सफल विभिन्न विद्यालयका छात्र÷छात्राहरुलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरेको थियो । उनीहरुलाई कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्य, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कास्की जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनियाले प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बिहिबार चार वटै इभेन्टका खेलहरु भएका छन् जस मध्ये ११ र १२ कक्षातर्फ छात्र÷छात्रा भलिवलका १५ खेलहरु सम्पन्न भएको भलिवलका संयोजक खिम गुरुङले जनाएका छन् । छात्र भलिवलतर्फ न्यू ग्यालेक्सी, स्पाइरल ग्यालेक्सी, त्रिवेणी, केफ, रेन्वो, डायमन्ड, यूनिभर्सल र प्रतिभामावी पहिलो चरणमा आ–आफ्नो खेलमा विजेता बनेका छन् । त्यस्तै छात्रातर्फ सम्पन्न ७ खेलमा पोखरा मल्टी मोडल, माउन्ट अन्नपूर्ण, हिल पोइन्ट, न्यू ग्यालेक्सी, टप्स, पोखरा यूनाइटेड एकेडेमी र कास्की मोर्डनाइज्ड एकडेमी विजयी भएका छन् ।

यता टेवल टेनिस विश्वविद्यालयतर्फ छात्र/छात्राका गरी २१ खेल सम्पन्न भएका छन् भने ११/१२ कक्षा सिंगल्सतर्फ छात्रा ३५ र छात्र ३२ गरी पहिलो चरणका ६७ खेल सम्पन्न भएको उक्त प्रतियोगिताका संयोजक पुरन कुंवरले जानकारी दिएका छन् ।

यसै गरी छात्र/छात्रा व्याडमिन्टनतर्फ प्लस टु लेभल छात्र/छात्रा सिंगल्समा १०५ खेल सम्पन्न भएको संयोजक टिकाराम पगेनीले जनाएका छन् ।

प्रतियोगितामा वास्केटबल प्लस टु तर्फ छात्रतर्फ मात्र खेल सम्पन्न भएका छन् । पहिलो चरणमा पोखरा सेकेण्डरी, कास्की मोर्डनाइज्ड, बाल कल्याण, न्यू लाइट, लिटिल स्टेप, टप्स, पश्चिमाञ्चल, सगरमाथा, प्रतिभा, स्टेप वाई स्टेप, भाष्कर मेमोरियल, न्यू ग्यालेक्सी, माउन्ट अन्नपूर्ण, मनकामना, केफ, रेन्वो एकेडेमीक आ–आफ्नो खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका बास्केबलका संयोजक पुष्पराज पराजुलीले बताए ।

प्रतियोगितामा बास्केटबलतर्फ कक्षा ११/१२ (प्लस टु) तर्फ छात्र ३४ र छात्र १५ विद्यालयको सहभागिता रहेको छ भने विश्वविद्यालयतर्फ ६ टिमको सहभागिता रहेको छ । यसै गरी भलिवल तर्फ कक्षा ११/१२ (प्लस टु) तर्फ छात्र ३२ र छात्रा १५ टिमको सहभागिता रहेको छ भने टेवल टेनिसतर्फ छात्र/छात्रा ४९ विद्यालय तथा विश्वविद्यालयतर्फ १२ टिमको सहभागिता रहेको छ ।  प्रतियोगितामा कुल प्लस टु तर्फ ४९ विद्यालय र बिश्वबिद्धालयतर्फ ८ गरि कुल ५७ बिद्यालयका करिव ३ हजार विद्यार्थीहरुको सहभागिता रहेको र करिव ८ हजार विद्यार्थी परोक्षरुपमा सहभागिता रहने प्रतियोगिताका संयोजक डा. रामजी शर्माले जनाएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी ७१ शैक्षिक संस्थाहरु आवद्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close