आइबा वर्ल्ड बक्सिङमा शुष्माको जित

पोखरा स्पोर्टस । पोल्याण्डमा भईरहेको आइवा यूथ मेन्स् तथा वुमेन्स वर्ल्ड बक्सिङ च्याम्पियनशिप २०२१ मा भएको खेलमा नेपालकी शुस्मा तामाङ्गल जित हात पार्दै क्वाटर फाइनलमा स्थान बनाएकी छन ।

आजभएको प्रिलिमिनरी बक्सिङ्ग बाउटमा लाईट फ्लाई वेट ४८ केजीतौल समुहमा नेपालकी शुष्मा तामाङ्गले लिथुनियका किबजाल्याते डिजालाई तेस्रो राउण्डमा आरएससी को आधारमा पराजितगर्दै क्वाटर फाईनलको यात्रा तय गरेकी हुन ।

पहिलो राउण्ड देखि नै निकै आक्रमक रुपमा विपक्षि खेलाडि माथि आफ्नो प्रभाव देखाउन सफल शुष्माले दोस्रो राउण्डमा अझै उत्कृष्ट खेल देखाएकी थिईन भने तेस्रो राउण्डमा उनको कडा प्रहारले लुथियानाकी बक्सरलाई रेफ्रीले दुईपटक काउण्ट दिदै खेल नै स्थगित गरी शुष्मालाई आर एस सी को आधारमा विजयी घोषित गरेका थिए ।

अब शुष्माले अर्को भिडन्त आयोजकपोल्याण्डकी खेलाडी कुजेवस्का नाटालिया डोमिन्का संग प्रतिष्पर्धा गर्नेछिन । उक्त भिडन्त जितेमा नेपालले आईबायुथ वर्ल्ड बक्सिङ्ग च्याम्पियनशिपमा ऐतिहासिक पदक जित्न सफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close