जयकर मेमोरियल जुनियर टेनिसमा दर्शिल र सृजन सेमीफाइनलमा

पोखरा स्पोर्टस । ललितपुरमा जारी जयकर मेमोरियल जुनियर टेनिसमा पोखरामा दुई खेलाडी आ–आफ्ना खेलमा विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

पोखराका दुई जुनियर यू १२ खेलाडीद्वय दर्शिल श्रेष्ठ र सृजन भट्टराईले विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेका हुन् । मंगलबार सम्पन्न सिंगल्सतर्फको दर्शिलले पोखराका स्पन्दन उदासलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । त्यसै गरी सृजनले शाम्खा हाङ राईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन् ।

यसै गरी यू–१० अन्तर्गत पोखराका स्पन्दन उदास फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमीफाइनलमा सन्जोगले व्लोनलाई स्पन्दनले ६–४, ६–४ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close