महानगर वडास्तरीय व्याडमिन्टनमा वडा नं १६ च्याम्पियन (फोटो फिचर)

पोखरा स्पोर्टस । पुरुष एकल र पुरुष डबल्स तर्फ स्वर्ण तथा रजत पदक जितेपछि महानगर वडास्तरीय व्याडमिन्टन च्याम्पियन पोखरा महानगरपालिका वडा नं १६ बनेको छ ।


पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो ।

पोखरा रंशगालास्थित व्याडमिन्टन कभर्ड हलमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा पुरुष एकल तर्फ विशाल खड्का(१६)ले आफनै वडाका ईशान खड्का (१६)लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । विशालले ईशानलाई पराजित गर्ने क्रममा २३–२५,२१–१९ र २१–१८ को सेटका नतिजा निकाल्दै स्वर्ण जिते । विशन गुरुङ (१५) र रेशम आले(१७) तेस्रो स्थानमा रहे ।

पुरुष तर्फकै डबल्स तर्फ इशान र विशाल खड्का(१६)को जोडीले सोही वडाका विशाल बस्नेत र आशिष श्रेष्ठ(१६)लाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । बस्नेत र श्रेष्ठको जोडीलाई खड्का दाजुभाइको जोडीले २१–१६,२१–१४ को सेटमा पराजित गरेका थिए । तेस्रो स्थानमा भने रविन गुरुङ र विशाल गुरुङ(१७) र विशाल हिराचन र रेशम आले(१७ं) चिक्त बुझाए ।

महिला एकल तर्फको स्वर्ण भने मेनका गुरुङ(१०)ले जितिन् । मेनकाले आकृति केसी(१०)लाई २१–१९,१७–२१ र २१–१९ को सेटमा पराजित गर्दै स्वर्ण चुमिन् । चन्द्रा छन्त्याल(१५) र शितल केसी(१६)ले कास्य पदकमा चित्त बुझाए । महिला डबल्स तर्फको उपाधि भने पुनम गुरुङ र यामकुमारी गुरुङ(१०)को जोडीले जित्यो । उनीहरुले चन्द्रा छन्त्याल र माया पुन(१५)को जोडीलाई २१–११,२१–७को सेटमा पराजित गर्दै स्वर्ण जित्न सफल भएका हुन् । मेनका गुरुङ र आकृति केसी(१०) र शितल केसी र नमूना खड्का(१६)को जोडी कास्य पदकमा सीमित भए ।

कास्की जिल्ला व्याडमिन्टन संघको प्राविधिक सहयोग, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, गण्डकी प्रदेश खेलकुद परिषदको विशेष सहयोगमा आयोजित प्रतियोगितामा महिला एकल, महिला डबल, पुरुष एकल र पुरुष डबलमा गरी चार वटा इभेण्टमा १४० जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक भुगोल गुरुङले जानकारी दिए । उनका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।

विजेता खेलाडी तथा च्याम्पियन वडालाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ, प्रदेशसभा सदस्य कृष्ण थापा, पोखरा वडा नं १६ का अध्यक्ष जिवन आचार्य, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा मेनका गुरुङ र रेशम आले इमर्जिङ प्लेयर घोषित हुदैं नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा ११औं सागका व्याडमिन्टन महिला एकल तर्फ कास्य पदक विजेता पुनम गुरुङ र व्याडमिन्टन खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको टप्स माविका प्रिन्सिपल रत्नमान गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा आफ्ना भनाई राख्दै राखेप सदस्य गुरुङले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि यो प्रतियोगिता प्रभावकारी भएको बताए । उनले सवै खेलाडीलाई नवौंको तयारीका जुट्न आग्रह गर्दै पोखरामा अन्य नपुग पूर्वाधार निर्माणका लागि पहल गर्न आफूले सक्दो प्रयास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close