पोखरा महानगर वडास्तरीय व्याडमिन्टन शुरु

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि महानगर वडास्तरीय महिला तथा पुरुष व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । महिला एकल, महिला डबल्स, पुरुष एकल र पुरुष डबल्समा गरी चार वटा इभेण्टमा प्रतिष्पर्धा गरिएको छ ।

पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा शुरु भएको प्रतियोगितामा महिला एकल तर्फ मेनुका गुरुङ (१०), चन्द्रा छन्त्याल(१५), शितल केसी(१६) र आकृती केसी (१०) महिला एकलतर्फ सेमिफाईनल प्रवेश गरेका छन् । मेनुका गुरुङले नमूना खड्का(१६)लाई २१–१६,२१–१६ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिन् । त्यसैगरी चन्द्र छत्यालले आयुष्मा नेपाल(१८)लाई २१–१०, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित बनाईन् । शितल केसी(१६)ले अनु राना(१५) लाई १६–२१, २१–१६, २५–२३ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गर्दा आकृति केसी(१०)ले पनि अनिता गुरुङ(वडा नं ७)लाई २१–११, २१–१९ को सेटमा पराजित गरेकी थिईन् ।

महिला डबल्स तर्फ नै शितल केसी र नमूना खड्का(१६) ले मीन पुन र पुनम पुन(३०)को जोडीलाई २१–१० र २१–१९ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका छन् । चन्द्रा छन्त्याल र माया पुन(१५)को जोडीले स्वीकृति उदास र सृष्टिका उदास(३)को जोडीलाई २१–१२, २१–४ को से्टमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । मेनुका गुरुङ र आकृति केसी(१०), माया गुरुङ र सर्मिला थापा(१४)लाई २१–१४, २१–११ को सेटमा पराजित गरिन् । बाई पाएर पुनम गुरुङ र यामकुमार गुरुङ(१०) सेमिफाईनल प्रवेश गरेको छ ।

पुरुष डबल्स तर्फको उदघाटन खेलमा वडा नं १४ का मनु कार्की र सन्तोष मिश्रको जोडीले वडा नं १६ का भीम छन्त्याल र मीन गुरुङको जोडीलाई २२–२०, २१–१६ को सेटमा पराजित गरे । पहिलो सेटमा १०–५ ले अग्रता लिएको अवस्थामा गुरुङ र छन्त्यालको जोडीले १९–१९ को स्थितिमा पुर्याउँदै कडा प्रतिस्पर्धामा उत्रिए । पुरुष डबल्स तर्फकै प्रतिस्पर्धामा वडा नं १५ का विशान गुरुङ र रोज रानाको जोडीले देव थापा र कुमार गुरुङ(२९)लाई २१–१६, २१–११ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । त्यस्तै राजेन्द्र गुरुङ र गुमानसिंह गुरुङ(७)ले जघन घले र दुक्तमान गुरुङ(८)लाई २१–९, २१–१२ को सेटमा पन्छाए । ओम थापा र हेमन्त राई(६)ले विकास गुरुङ र अर्जुन गिरी(१७)को जोडीलाई २१–१८, २१–१८ को सेटमा पराजित गरेका थिए ।

दिनेश श्रेष्ठ र रवि थापा(१६)को जोडीले बलबहादुर श्रीस र प्रितम गुरुङ(२९)को जोडीलाई २१–१९, २१–१६ को सेटमा पराजित गरे । सन्तोष गुरुङ र अमृत गुरुङ(२९)ले पदम जिसी र दयाराम पन्त(१२)को जोडीलाई २२–२०, ७–२१ र २१–३ को सेटमा पराजित गरेका थिए ।

यस अघि प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गरे । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको उदघाटन समारोहमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली लगायतले सम्बोधन गरेका थिए ।

महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का अनुसार प्रतियोगितामा चारै इभेण्टमा गरी १४० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडी साथै इमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्वारा पुुरस्कृत गरिने छ । च्याम्पियन बन्ने वडालाई ट्रफी प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close