बंगालादेश जाने महिला र पुरुष भलिबल टोलीको बिदाई

पोखरा स्पोर्टस । अर्काे सातादेखि बंगलादेशमा सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली महिला तथा पुरुष राष्ट्रिय भलिबल टोलीलाई आइतबार बिदाई गरिएको छ ।

नेपाल भलिबल संघले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सेन्ट्रल जोनका लागि बंगलादेश जाने टोलीलाई बिदाई गरेको हो । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

महिला र पुरुष टोली तथा दुई निर्णायकलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल भलिबल संघका कार्यवहाक अध्यक्ष यामबहादुर गुरुङ, महासचिव जितेन्द्र बहादुर चन्दलगायतले बिदाई गरेका थिए ।

पुस ६ देखि १४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहने छ । महिलातर्फ नेपाल साविक विजेता हो । युवा तथा खेलकुद मन्त्री गहतराजले टोलीलाई सफलताका लागि शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close