पोखरा महानगर वडास्तरीय व्याडमिन्टन प्रतियोगिता सोमबारदेखि

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका खेलकुद विकास समिति कास्कीको आयोजनामा सोमबारदेखि पोखरा रंगशालामा वडास्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगरले वडास्तरीय व्याडमिन्टन प्रतियोगिता गर्ने जनाएको हो । महानगर खेलकुद विकास समितिले वडास्तरीय व्याडमिन्टनसँगै महानगरपालिका खुल्ला टेवल टेनिस प्रतियोगिता समेत आयोजना गरेको छ । व्याडमिन्टन प्रतियोगिता व्याडमिन्टन कभर्ड हलमा सोमबार र मंगलबार हुने छ भने टेबल टेनिस प्रतियोगिता मंगलबार र बुधबार हुने छ ।

महानगर खेलकुद विकास समिति गठनपछि यो दोस्रो र तेस्रो प्रतियोगिता हुन् । पहिलो प्रतियोगिताको रुपमा महानगर खेलकुद विकास समितिले १० किलोमिटर खुल्ला दौड प्रतियोगिता गत असोजमा आयोजना गरेको थियो । व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता खास गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै नवप्रतिभा खेलाडी प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।

महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले व्याडमिन्टनमा ८० खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । टेबल टेनिसमा ५० जना खेलाडीले सहभागिता जनाउने उनले बताए । व्याडमिन्टन बेष्ट अफ थ्रीमा खेलाईने छ । टेबल टेनिस भने लिगको आधारमा खेलाईने छ । ब्याडमिन्टन प्रतियोगितामा ८० जना खेलाडीहरु र टेबुल टेनिस प्रतियोगितामा ५० जना खेलाडीहरुले पुरुष÷महिला (सिङ्गल्स र डबल्समा) प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने खेलाडी साथै ईमर्जिङ वा राईजिङ प्लेयरहरुलाई मेडल र प्रमाण पत्रद्धारा पुुरस्कृत गरिने उनले बताए । च्याम्पियन वडालाई ट्रफिद्धारा पुरस्कृत गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ । ब्याडमिन्टन प्रतियोगिताका लागि ब्याडमिन्टन राष्ट्रिय खेलाडी भुगोल गुरुङ र टेबुल टेनिस प्रतियोगिताका लागि टेबुल टेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी संयोजक रहेका छन् ।

अन्तर्राष्ट्रिय पदकधारी खेलाडी साफ मेडलिस्ट पुनम गुरुङ र अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुर्‍याए बापत टप्स माध्यामिक बिद्यालयलाई सम्मान गरिने समेत समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close